५१ रुपैयामा म्युजीक भिडीयो खेल्ने

प्रकाशित मिति:

भारतको चर्चित रियालिटी सो सारेगमपमा उत्कृष्ट ११ सम्म पुगेकी मेनुका पौडेल अहिले फेरि चर्चामा छिन् । तर यसपटक गीत गाएर होइन, उनले गाएको गीतको सस्तो दाममा म्युजिक भिडियो बन्न लागेकाले । दीपेन्द्र घिमिरेको शब्द, एसडी योगीको संगीत रहेको गीतमा नीता ढुंगाना र निराजन प्रधानको अभिनय हेर्न पाइनेछ । ुरंगभित्रको उजाड जिन्दगीु बोलको गीतका कलाकार र प्राविधिकले ५१ रुपैयाँ मात्र पारिश्रमिक लिएका छन् । यति थोरै किन त उनीहरु भन्छन्, पैसा मात्र सबथोक होइन, कुनै कुनै काम आत्मसन्तुष्टिका लागि पनि गरिन्छ ।