बंगलादेशमा शेख हसिनाको पार्टी बहुमतसहित विजयी

प्रकाशित मिति:

काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग भारी बहुमतसहित विजयी भएको छ । अवामी लिगले ३५० संसदीय मध्ये २८१ सिटमा जित हासिल गरेको छ । योसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल भएकी छिन् । बंगलादेशको इतिहासमा निरन्तर तेस्रो कार्यकाल कोही पनि प्रधानमन्त्री बनेका छैनन् । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गर्दै निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ । विपक्षीको पार्टीले जम्मा ७ सिट जितेको छ । मतदानका क्रममा विभिन्न जिल्लामा हिंसात्मक घटना भएका थिए । उक्त घटनामा सत्ताधारी र विपक्षीका गरी १७ जनाको ज्यान गएको थियो । प्रमुख विपक्षी दलकी नेतृत्व बेगम खालिदा जिया जेलमै भएका बेलामा निर्वाचन भएको हो ।