आज सोमबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ पौष १६ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १६ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको दशमी तिथि विहानका राति ४।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र दिवा १२।१९ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१७ बजे हुनेछ ।
चन्द्रमा आज तुला राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५