प्रकाश न्यौपाने
फाल्गुन १०, नवलपरासी,
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा मेला नलागाउन माग गर्दै बर्दघाटका ब्यावसायी र सामुदायिक विद्यालय महासङ्ग बर्दघाटले ज्ञापन पत्र बुझाएका छन ।
बर्दघाट उद्योग वाणिज्य संघले आगामी फागुन १७ गतेदेखि बर्दघाटमा लगाउने भनिएको सातौँ बर्दघाट कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक ब्यापार मेला २०८० को विरोधमा बर्दघाट कै व्यवसायीहरुले बर्दघाट नगरपालिकामा ज्ञापन पत्र बुझएका हुन । अहिलेको परिस्थितिमा मेला लगाउनु ठिक नभएकोले मेला रोक्न ज्ञापन पत्र बुझाएको बर्दघाट उधोग बाणिज्य संघका निवर्तमान बरिस्ठ उपाध्यक्ष राजु पाण्डेले बताउनु भयो ।
बर्दघाटका ब्यवासायीलाई मेलाले फाइदा नगर्ने बताउदै संघका निवर्तमान उपाध्यक्ष राजु न्यौपानेले मेला रोक्नु पर्ने बताउनु भयो । ” मेला रोक्नका लागी ७ सय भन्दा बढी व्यवसायीहरुको हस्तारक्षर नगरमा बुझाएका छौं ।” न्यौपानेले भन्नुभयो ।
लामो समयको कोरानाको चपेटामा परि धारासायी बनेको व्यवसाय आर्थिक मन्दीका कारण अझ टाउको उठाउन नसकिरहेको अवस्थामा स्थानीय पुँजी पलायन हुने हुदा मेला लगाउनु नहुने संघका निवर्तमान उपाध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । अहिले मेला सञ्चालन गर्दा अझै धराशायी बन्ने व्यवसायी पौडेलको दाबी छ ।
व्यवसायीहरुले बुझाएको पत्रमा आगामी दिनमा यस्ता खालका मेला सञ्चालन गर्दा सबैको सल्लाह अनुसार सबैलाई उपयुक्त हुने समय पारी स्थानीय उद्योग, व्यवसाय, कषि, पर्यटन तथा संस्कृति झल्किने गरी मेलाको प्रकृतिको बारेमा व्यापक छलफल गरेर मात्रै मेला सञ्चालन गर्दा उपयुक्त हुने उल्लेख छ ।
सामुदायिक विद्यालय महासङ्ग बर्दघाटका अध्यक्ष शोभाखर भुसालले विद्यार्थीहरुको वार्षिक परिक्षामा विद्यार्थीलाई समस्या पर्ने हुदा मेला गर्न नहुने बताउनु भयो । ” अहिले मेला गर्नु उपयुक्त छैन विद्यार्थीका परिक्षाको मुखमा मेला सञ्चालन गर्दा विद्यार्थीहरुमा नकरात्मक असर पर्छ त्यसैले हामीले मेला रोक्न ज्ञापन पत्र बुझाएका हौ ।” भुसालले भन्नुभयो । बिहीबार नै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बर्दघाट नगर समितिले समेत कक्षा ८ को बीएलई र कक्षा १० को टेस्ट परिक्षा फागुन १६ देखि २३ गते सम्म गरिएको हुनाले विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै मेला स्थगन गर्न नगरपालिकालाई ज्ञापन पत्र पेश गरेको छ
व्यवसायीहरुलाई सम्बोधन गर्दै बर्दघाट नगर प्रमुख शुम्भुलाल श्रेष्ठले सम्पुर्ण सरोकारवालालाई शुक्रबार छलफल गरीने बताउनु भयो ।