बुटवल-नारायण गढ कमजोर डाइभर्सनका कारण राजमार्ग अवरुद्ध र सास्ती 

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन १४ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा कमजोर डाइभर्सनका कारण राजमार्ग अवरुद्ध र राजमार्गमा सास्ती भएको छ । ठुला मालबाहक ट्रक, ट्रीप्परहरु डाइभर्सनमा फस्दा राजमार्ग नै अवरुद्ध हुने गरेको हो ।


बर्दघाट नगरपालिका वडा नम्बर २ र ४ मा बनेका कतिपय डाइभर्सनमा दिनहुँ ठुला गाडीहरु फस्ने गर्दछन । जसको कारण दिनहुँ जसो राजमार्ग अवरुद्ध भइरहदा समेत ठेकेदार कम्पनी चाइना स्टेट कम्पनी बेखबर जस्तै बनेको देखिन्छ ।


सडक निर्माण गर्दा बनाइएका डाइभर्सन कमजोर हुदा ठुला र मालवाहक गाडीहरु फस्ने र राजमार्ग जाम हुने गरेको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । “हामीले पटक पटक खबरदारी गरीरहेका छौं । कतिपय ठाउँमा एक साइडबाट मात्रै डाइर्भसन बनाएको हुदा राजमार्ग जाम भएको हुने र स्थानीय एब यात्रुलाइ सास्ती भएको छ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।


नारायण गढ – बुटवल सडक खण्डमा ससाना पुल बन्ने क्रममा छन । ति पुल बनाउदा बनाइएका डाइभर्सन एकै साइड मात्रै बनाउदा बाटोमा सवारी चाप बढी हुने गरेको छ । बर्दघाटमा अब्यवस्थीत बिजुलीका पोलको ब्यवस्थापन, सडक निमार्णका क्रममा भएका खाल्टा खुल्टी, रुख कटान,नेट तथा केवुलका तारहरुको ब्यवस्थापन, हिलो, धुलो आदिका समस्या देखि निरन्तर खवरदारी गरिरहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो । राजमार्ग जाम हुदा स्थानीय र यात्रुलाई निकै सास्ती हुने बताउदै श्रेष्ठले दुबै साइडमा डाइर्भसन बनाएर काम गर्ने बर्दघाट नगरले निर्देशन दिने बताउनु भयो ।


राजमार्ग अवरुद्ध हुदा बर्दघाट नगरका स्थानियवासी र ब्यापारीहरुलाई बढी सास्ती भएको बर्दघाट बजार बिकास समितिका अध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो । ” अहिले ब्यापारीहरु ब्यापार नभए पिडामा छन तेहि माथी राजमार्गको अवरुद्ध र काम ढिला सुस्तीले गर्दा झन पिडा थपेको छ ।” गौतमले भन्नुभयो  । अहिले जसरी राजमार्ग निर्माण भएको छ त्यो नै गलत छ, जति बोले पनि सुनुवाइ नभएको गौतमको भनाइ छ ।


बर्दघाट ०४ मा धेरै डाइर्भसन रहेकोले त्यसको निर्माणमा बढी समय लाग्दा राजमार्ग अवरुद्ध बढी भएको बर्दघाट ०४ का वडा अध्यक्ष बेदबिना तिवारीले बताउनु भयो । “डाइभर्सन निर्माण कमजोर बनेको छ । पहिलो पटकपटक खबर गरेका छौं । पहिला भन्दा अहिले केहि छिटो काम भइरहेको छ तर सावधानी पुर्वक भएको छैन ।” तिवारीले भनुभयो ।


नारायणगढ- बुटवल सडक खण्ड पाच बर्ष पुरा हुदा समेत ४८ दशमलव ५० प्रतिशत मात्रै काम पूरा गरेको छ । २०७५ देखी सुरु भएको आयोजना दुई पटक म्याद सकिए पछि म्याद थप गरेको थियो । थपिएको म्याद आगामी साउनमा सकिदै छ ।