नवलपरासीमा पालिका स्तरीय खोप अभियान सञ्चालन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन १८ गते
नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला स्वास्थ कार्यालयले पालिका स्तरीय खोप अभियान सञ्चालन गरेको छ । सबै सरोकारवालालाई दादुरा रुबेला खोपको बारेमा जानकारी दिनका लागी पालिका स्तरीय खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले बताउनु भयो ।


खोपबाट बचाउ सकिने रोगहरुको निवारण र उन्मुलन गर्ने, सन २०२६ सम्ममा दादुरा-रुबेला रोग निवारण गर्ने गरि राज्यले राखेको लक्ष्यलाई सार्थकता दिन अभियान सञ्चालन गरिएको पन्थीले बताउनु भयो ।


सुक्ष्म योजना अध्यावधिक नहुनु, पुर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, खोप खेरा जाने दर उच्च हुनु, स्थानीय तह, प्रदेश र सघिय राज्यको तथ्यांकमा एकरुपता नहुने चुनौती रहेको पन्थीले बताउनु भयो । दोस्रो चरणको अभियानको रुपमा २०७६/७७ मा दादुरा-रुबेला खोपमा ८४ प्रतिशतले मात्रै खोप लगाएको बताउदै उहा भन्नुहुन्छ -“सन 2022 को तथ्यांक अनुसार स्वास्थ कर्मीको सम्पर्कमा आएपछीपनि १६ प्रतिसतले नियमित खोप लगाएका छैनन् जुन चिन्ताजनक अवस्था हो ।”


बर्दघाटमा १९ हजार ९४, सुनवलमा २१ हजार ४ सय ९, पाल्हिनन्दनमा १२ हजार ३ सय ८, रामग्राममा १७ हजार ९४, सरावलमा १० हजार ३ सय १७, सुस्तामा १० हजार ९ सय २१, प्रतापपुरमा १४ हजार ३ सय १६ गरि जिल्लामा १ लाख ५ हजार ४ सय ५९ बालबालिकालाई खोप लगाइने छ ।
बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले विभिन्न मितिमा उन्मुख गर्ने भनिए पनि पुर्ण खोप नभएकोले अहिले स्वास्थ्य सस्था र विद्यालयहरुमा खोप अभियान सञ्चालन गरिएको बताउनु भयो । ” बर्दघाटका ६ बटा विद्यालयमा ४ दिन सम्म र स्वास्थ्य चौकीहरुको खोप लगाउने तयारी रहेको छ । जसका लागी वडा स्तरीय समन्वय समितीको छलफल गर्दै अगाडि बढेका छौं ।” ज्ञावालीले भन्नुभयो । फाल्गुन २१ गते देखी २७ गते भनिएपनि ३० गते सम्म खोप अभियान बर्दघाटमा सञ्चार हुने छ । ३ दिनको बिदाको कारण ३० गते सम्म खोप अभियान सञ्चालन हुने ज्ञावालीको भनाइ छ ।


बर्दघाट नगरपालिकामा कोहि नछुट्ने गरि सुस्म रुपले लागिरहेको प्रमुख प्रससकिय अधिकृत प्रकाश खनालले बताउनु भयो । ” हामी विद्यालय र स्वास्थ्य चौकीसङ्ग सरोकार राख्ने सम्पुर्ण सरोकारवालासंग समन्वय गरेको सबैलाई खोप अभियानमा सहभागी गराउन लागी परेको छौं ।”


बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सम्पुर्ण बर्दघाटमा तीन स्टेपबाट खोप अभियान सफल पार्न लागिएको बताउनु भयो । ” सम्पुर्ण जनप्रतिनिधिहरु आ-आफ्नो वडामा, शिक्षक शिक्षीका बिद्यालयमा र टोल बिकास समितीहरु टोल टोलमा रहेर परिचालन गरिने तयारी रहेको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।बर्दघाटमा आगामी २१ गते देखी ३० गते सम्म खोप अभियान सञ्चालन हुदै छ ।