लोक संगीतको यात्रामा होमिएकी सीताको कथा

प्रकाशित मिति:

प्रस्तुती प्रेम पुन्थोकी
३२ बर्ष अगाडि ओखलढुंगामा जन्मिएकी गायिका सीता माझी बिशेष गरि लोक संगीतको क्षेत्रमा उदयमान नाम हो । छोटो समयमै धेरै गीत मार्फत आफुलाई निखार्दै लगेकी सीताका आफ्नै स्वरमा तीस भन्दा अडियो र आधा दर्जन भन्दा बढि म्युजिक भिडियो बजारमा आइसकेका छन् भने अन्य गायक गायिकालाई उत्तिकै संख्यामा उनका शब्द तथा लयमा समेत सहयोग गरेकी छिन् । सामान्य प्रगतिमै रमाउन सक्ने र दुःख मा समेत नआत्तिने स्वाभाव भएको बताउने सीता माझीसँग उनको गीत संगीतको जति गीत संगीतमा लगाव, योगदान छ, त्यति स्रोता दर्शक माझ आफु चिनिन नसकेको स्विकार्ने उनले कुनै समय आफ्नो रहर पुरा गर्न मोवाइलमा गीत रेकर्ड गराएर राखेकी थिइन् । यसै क्रममा बिचमा फेसबुकमा पोखराका बिमल परियारसँग उनको सामाजिक संजालमा सम्पर्क भयो , सीता भन्छिन् ‘उहाँलाई त्यो गीत सुनाए पछि उहाँले गीत रेकर्डका लागि सुझाउनु भयो । तर कहाँ गएर रेकर्ड गर्ने कोसँग गाउने भन्ने कुनै पनि आइडिया थिएन । आफु भाडामा बस्ने घरका साथीहरुले मैले गीत गुन्गुनाको देखेर तिम्रो स्वर राम्रो छ भनेर भन्नु हुन्थ्यो ’ । यो कुरा आज भन्दा तीन बर्ष अगाडिको मात्र हो ।त्यस भन्दा अगाडि सम्मको उनको जीवनको उतार चढाव मर्म स्पर्शी छ । गाउँमा बस्न एकदम कठिन थियो, संकटकालको अवस्था थियो , काठमाण्डौमा कलाकारिताका लागि भन्दा पनि कसरी सुरक्षित भइन्छ भनेरै उनी काठमाण्डौ हानिइन् , तथापि संगीतको रहर मनमा थियो । उनी भन्छिन् ‘काठमाण्डौमा गए पछि बिहे भयो, बच्चा भयो, मेरो बिवाह एकदमै सामान्य परिवारमा भएको थियो, श्रीमान बिदेश जानुभयो सामान्य तरिकाले जीवन अगाडी बढ्यो ।’ तर एकाएक संगीतको संग्राममा होमिएकी उनका तीन बर्षको पिरियडमा उनका ३० ओटा अडियो गीत रेकर्ड भए भने जसका आधा दर्जन भन्दा बढि भिडियो बनेर बजार मा आए भने बाँकी अडियोमा मात्र सिमित भए ।
त्यस मध्ये धेरै गीतहरु उनी आफैले लेखेका गीतहरु हुन् भने कतै कसैले आग्रह गरेपछि अरुका गीत गाएको उनी बताउँछिन् । उनका गीत पछिल्लो समय नेपाली लोक संगीतमा चर्चा कमाएका धेरै कलाकारले गाएका छन् ‘ मेरा गीत रामजी खाँड, पुष्कल शर्मा, कुलेन्द्र बि.क देखि लिएर राजेश पायल राइ सम्मले गाउनुभएको छ ।’ सीता भन्छिन् ‘ राजेश पायल दाईसँग गाएको गीत बजारमा आउन बाँकी छ । अरुले गाउनु भएका गीतहरु बजारका आइसकेकाछन्

आफु सानै देखी दु  ख पाएको र दुः खमा हुर्किएको भएर पनि होला मलाई गीतहरुको र्सिजना गर्दा पनि त्यस्तै त्यस्तै खाललका गीतहरु नै र्सिजना गर्न मन लाग्छ भन्ने उनी माया प्रेमका गीतहरु पनि सन्दर्भ अनुसार लेखिएको बताउँछिन् । जसमा मिलन बिछोड देखी प्रदेशमा भोग्नु परेका पिडाहरु पनि हुन्छन् र छन् ।उनलाई सुनेर प्रतिकृया दिनेहरुले माया गर्ने र संगीतमा उनको भविश्य छ भनेर हौसला दिँदा अगाडि बढ्न सजिलो भएको बताउँछिन् ।यो क्षेत्रमा आउन अलि ढिला त भएन ? मनका अलि ढिलो यस क्षेत्रमा आएँ भन्ने उनलाई पनि लाग्दो रहेछ ‘तर समय मै चाहेर पनि म केही गर्न सक्ने अवस्थामा थिइन किनकी म आफै संघर्ष गर्दै यहाँ सम्म आएको मान्छे हो ।’ सीता भन्छिन् ‘ संगीत क्षेत्रमा ढिलै आए पनि मैले यहाँ आउनको लागि मनमा बोकेको सपना र मेरो आफ्नै आर्थिक, पारिवारिक समस्याहरुसँग जुध्दै आएका ति दिन र जिम्मेवारी पनि म आज यही ठाउँ सम्म आउनका लागि गरिएका संघर्षका क्षणहरु थिए । ’ त्यस माथि उनलाई यस क्षेत्रमा हात छोपेर हिँडाउने पनि त कोही थिएन । केही क्षण भावुक बनेकी उनले थपिन् ‘मैले अगाडि पनि भनें कुनै पनि कामको लागि कसैको साथ महत्वपुर्ण हुन्छ बिमल भाई जसले मलाई गीत गाउनको लागि प्रेरित गर्नुभयो उहाँ मेरो लागि भगवान बनेर आउनुभयो ।’

त्यसो त उनलाई शुरुमा कसैले साथ दिएन भनेर पनि त्यति धेरै गुनासो छैन , उनी भन्छिन् ‘ किनकी मैले कसैलाई मेरो कला, क्षमता र रहर व्याक्त गरेको पनि त थिइन ।’ ‘संझन्छु जहिले नी’ बाट शुरु भएको उनको संगीतको यात्रामा ओखलढुंगामा जन्मिएको छोरी भएको कारणले पनि होला ‘ओखलढुंगा घर’ बिशेष गरि ओखलढुंगा आसपासमा धेरै मन पराइएको उनी बताउँछिन् । ‘लगत्तै मैले ‘पूर्वेली माया’ भन्ने गीत गाएँ त्यसले मलाई अली बढि चिनायो । युट्युवमा अन्य गीतहरु पनि अगाडि छन् ।’ सीता भन्छिन् ‘ मेरो गीत नेपाल आइडलका चर्चित प्रतियोगी सुरज थापा, प्रताप दासहरुले पनि गाइसक्नु भएको छ । यसले मलाई लाग्दै छ मैले ढिलै शुरु गरे पनि सपना छिट्टै पुरा हुँदै गएकाछन् । ’यति हुँदा हुँदै पनि उनमा गाएर, सँगीत गरेर बाँचुला भन्ने साहस अझै पनि जम्मा हुन सकेको छैन । ‘मैले अहिले बिशेष गरि जन्मभूमीको साथ सर्पोट पाइरहेको छु । अन्यत्रबाट स्टेज कर्यक्रमका लागि बोलाइएको छैन , सायद बिभिन्न स्टेज कार्यक्रमहरु पाइए त्यो दिनको कल्पना पनि गर्न सकिन्थ्यो होला ’ पछिल्लो समय पैसा भएकै कारण पनि धेरै जना कलाकार बनेको र त्यसले पनि पैसा पनि यसमा टिक्न रहन र माथि उठ्नका लागि महत्वपुर्ण हो जस्तो लागेको संझदै सीता भन्छिन् ‘सबै थोक यही नै हो भनेर लागे सकिन्छ पनि होला जुन मैले अहिले गर्दै छु तर त्यति धेरै सपना बोकेकी छैन ।’

पहिला पनि आफ्नै कारणले मात्र भन्दा पनि त्यो परिस्थितिले आफुलाई दवाएको थियो बताउने उनलाई परिस्थिति सहज भएको भए आफु पनि अरु जस्तै धेरै अगाडि बढि सक्थें भन्ने लाग्छ । उनलाई कसैले दिएको माया महत्वपुर्ण लाग्छ र त्यो गुन तिर्न मन लाग्छ । ‘मैले आफ्नो जन्मभूमीमा यति धेरै माया पाएको अवस्थामा अहिले लाई अझै मेरै जन्मभूमी चिनाउन तर्फ लाग्छु ’ उनी भन्छिन् ‘ पैसा भन्ने कुरा त्यस्तै हो । हिँजो सुकुलबाट शुरु भएको जीवन चलेकै थ्यो अहिले काठमाण्डौमा घर बनेको छ बिस्तारै हुँदै जान्छ ।’
उनी काठमाण्डौ भ्याली देखी टाढा बस्छिन् , दुई अढाई घण्टा लगाएर गीत रेकर्ड गर्दा मात्र उनी शहर छिर्छिन् । मिडियासँग उति साह्रो उनको लगाव र नाता छैन । भन्छिन् ‘मिडियामा त्यति जोडिएको छैन , कलाकारको जमघट हुने दोहोरी साँझ, संगीत क्लास भन्ने कुराहरुबाट टाढा छु , अहिलेका चर्चित कलाकारहरुसँग मेरो त्यति नजिकबाट चिनजान पनि छैन । त्यही भएर पनि होला , सबै क्षेत्रका स्रोता दर्शकले मलाई चिन्न सक्नु भएको पनि छैन । तथापी स्टुडियो पुग्दा हाइ हेलो हुन्छ , माया दिनुहुन्छ तर म आफ्नै कारणले उहाँहरुसँग जम्न र रम्न सकिरहेको छैन होला । ’उनी गायिका मात्र रहेर बस्ने अवस्था छैन । पारिवारिक जिम्मेवारी छ । श्रीमान बिदेशमा रहेका उनलाई बाँकी परिवार र बच्चाको ख्याल पनि गर्नुछ । घरमै हार्मोनियम छ , घरमै रियाजहरु गर्ने गर्छिन् ।लय र्सिजनामा उनको बिशेष रुची छ । ‘मैले लय दिएका मेरै गीत त भए नै अन्य भाई बहिनीहरुले पनि गाइरहनु भएको छ । प्रतापदास, रामजी खाँणदाईहरुसँग बहिनीहरुले गीत गाएका छन् त्यसमा मैले लय भरेको छु । ’ लय र्सिजना गर्न साह्रै गाह्रो हुने प्रसंग जोड्दै भन्छिन् ‘ धेरैले मलाई लय र्सिजनाका लागि आग्रह गर्नुहुन्छ , गाह्रो काम हो सकिन्छ । अहिले सम्म अरुका गीतसँग जोडियो भनेर बिवादमा आएको छैन ।’जव उनी एक्लै हुन्छिन् त्यस बेला अरुका गीतहरु सुन्दा सुन्दै कुनै न कुनै गीतहरु फुर्छन । पहिला आफुले आफ्नो गीत मन पार्छिन र अरुलाई दिन्छिन् , भन्छिन् ‘मैले मन पराएका गीतहरु अरुले मन पराएको पाएको छु । यसबाट मैले पारिश्रमिक लिने पनि गरेको छु । कतै माग्नुपर्छ कतै आफै बुझेरै दिनुहुन्छ । ’सीता माझी, बिष्णु माझी बन्न सक्दैन ? ‘सक्दैन, भए प्रगति मा रमाउने नभए दुखैमा पनि बाँच्ने भएर पनि होला त्यति धेरै सपना पालेको छैन’ सोधनी पुरा नहुँदै उनी भन्छिन् ‘ बिष्णु माझी हुन्छु भनेर त कहिलै कल्पना नै गरिन । गर्दै जाने हो कहाँ सम्म पुगिन्छ । अरु जस्तै माथि पुगुँला अथवा यही अवस्थामै रहुँला , जे होस् बच्चै देखी गीत गुनगुनाउनेले अहिले केही गीत गाएँ, पहिले परिवार र छिमेकले चिन्थ्यो भने अहिले केही बढि माझ पुग्न सकें , मैले कमाएको नै यही हो । ’ तथापि उनी बिष्णु माझीलाई अत्याधिक मन पराउँछिन् , बिमल परियार जसले उनलाई गाइड गर्यो उ उनका लागि आदर्श हो ।उनले भोगेर जीवन पढिन् तर औपचारिक रुपमा अध्ययन गर्न बिद्यालय नै टेकिनन् , त्यो अवस्थाबाट काठमाण्डौमा संघर्ष गर्दा आजको यो प्रगतिले आत्मबिश्वास पक्कै पनि बढेको छ । तर खुसी त्यही ससानो कुरामा छ, ‘बुवा हुनुहुन्न तर आमालाई सीता माझीको आमा भनेर चिनाउन पाउँदा गर्व लाग्छ । ’ भावुक बनेकी उनले थपिन् ।