प्रदेश ५ सरकारले कुनै कर लगाएको छैन : मुख्य मन्त्री

प्रकाशित मिति:

पाँच नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कुनै पनि करको दरका वृद्धि नगरेको स्पष्ट पारेका छन् । सामाजिक संजाल फेसबुक मार्फत पोख्रेलले उक्त कुरा बताएका हुन् । उनले लेखेका छन् ‘ ५ नम्बर प्रदेश सरकारले कुनै पनि करको दर वृद्धि गरेको छैन । बरु जिल्ला स्तरमा लाग्दै आएको निकासी कर र पटके सवारी कर हटाएको छ’ । तर केन्द्र सरकारले बढाएको कर र स्थानीय तहमा बढाइएको बिभिन्न शुल्क तथा करको बारेमा उनी बोलेका छैनन् ।