बुटवल,२९ चैत । गुल्मी पौंदेली सम्पर्क समाज, रुपन्देहीको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः चूरामणि पौड्याल अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष वासुदेव भुसाल तथा सदस्यहरूमा सरस्वती पौडेल, गुनाखर चालिसे, भगवती गिरी, लिलाधर घिमिरे, डिला गिरी, बाबुराम पौडेल, भीमसेन गिरी, उज्ज्वल गिरी, सुवास भुसाल, प्रभा बलामी, बुद्धबहादुर थापा, राधिका पाठक र अम्बिका घिमिरे रहेका छन् ।
भेलाले केदारप्रसाद घिमिरेको संयोजकत्वमा भीमसेन घिमिरे र दधिराम चालिसे सदस्य रहेको तीन सदस्यीय लेखा समिति पनि निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित कार्य समिति र लेखा समितिको प्रथम बैठकले प्रमुख सल्लाहकारमा डा बुद्धबहादुर थापा र कानुनी सल्लाहकार कमलप्रसाद भुसालका साथै सल्लाहकारहरूमा हरिबहादुर आचार्य क्षेत्री, हरिप्रसाद क्षेष्ठ, बुद्धप्रकाश पौडेल, लक्ष्मण आचार्य क्षेत्री, डा. दामोदर भुसाल, रामराज घिमिरे, टोमबहादुर थापा, उमानन्द घिमिरे, केदारप्रसाद पौड्याल, देवेन्द्र गुरुङ, ग्यामलाल भुसाल, भीमलाल गिरी, जमुना भुसाल, तिलबहादुर रायमाझी, निमप्रसाद श्रेष्ठ र शेरप्रसाद श्रेष्ठलाई चयन गरेको छ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ पौंदी अमराई सेरोफेरोमा पुर्ख्यौली घर भई स्थायी वा अस्थायी रूपमा रुपन्देही जिल्लाभित्र बसोबास गर्ने पौंदेलीहरूको साझा संस्थाका रूपमा बिस्तार भएको उक्त सम्पर्क समाज २०७१ सालमा स्थापना भएको र २०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवत दर्ता भई गैरराजनीतिक तथा सेवामूलक कामहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा ८० वर्ष उमेर पूरा भएका १५ जना जेष्ठ नागरिकका साथै ३० जना आजीवन सदस्यलाई सम्मान गरिएको थियो भने पक्षघातबाट पीडित समाजका साधारण सदस्य नारायण गिरीलाई तीस हजार रुपैयां रकम सङ्कलन गरी हस्तान्तरण गरिएको थियो । साधारण सभामा वरिष्ठ अधिवक्ता डा बुद्धबहादुर थापा, डा दामोदर भुसाल, मुसिकोट सम्पर्क समाज, रुपन्देहीका अध्यक्ष जवानसिंह ठकुरी, संस्थापक अध्यक्ष लिलाधर गौतमले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन समाजका सचिव हरिप्रसाद पौडेल र स्वागत मन्तव्य लक्ष्मी श्रेष्ठले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष वासुदेव भुसालले प्रस्तुत गरेका थिए ।