सुनवल । सुनवल युनाइटेड अंग्रेजी आवासीय मा.वि.सुनवलमा बार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । प्याप्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यता र बिद्यालयका संस्थापक प्रिन्सिपल धनराज चापागाईको सभापतित्वमा भएको कार्यक्रममा एस.ई.इ. २०७९ मा सुनवल नगर प्रथम हुने बिद्यार्थी सन्देश चापागाँई लगायत सबै उत्र्तीण बिद्यार्थीहरु र अभिभावकहरुलाई सम्मान गरिएको थियो । यसै गरी अन्य सम्मानित हुने बिद्याथीहरुमा अंग्रेजी स्क्राबलमा नेपाल प्रथम हुने अंकित बि.क. बिश्व तृतिय हुने विनिता वर्मा, तथा, प्याब्सन जिल्ला स्तरिय नृत्य प्रतियोगितामा प्रथम र हाजिरी जवाफमा दितिय हुने विद्यार्थीहरु, जीसन नवलपरासी चेसमा तृतिय र स्पेलिङ्ग विमा शान्तवना स्थान हासिल गर्ने विद्यार्थी र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । २०८० सालको वार्षिक परिक्षामा प्रथम, दित्तीय र तृतीय हुने विद्याथीहरुलार्ई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले विद्यालयका विद्यार्थीहरुले हासिल गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकले जिल्ला र राष्ट्रकै गौरव उच्च भएको भनाई व्यक्त गरे । संस्थागत विद्यालयहरुले राज्यको शिक्षा क्षेत्रमा अतुलनिय र अविस्मरणीय योगदान पुराएको बताउदै शिक्षामा अझै लगानि थप गर्दै आधुनिक र समय सुहाउँदो व्यवस्थापन सहित फड्को मार्नुपर्ने बताए ।
कार्यक्रममा प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेल, प्याब्सन नवलपरासीका प्रमुख सल्लाहकार इन्द्र बहादुर गुरुङ्ग, सुनवल खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, बिद्यालयका शिक्षिका पूजा पाण्डे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा वडा नं. ४ का वडा सदस्यहरु सिता पौडेल र कुमिसरा वि.क., वडा नं. १० का वडा सदस्य गिता बस्याल, प्याब्सन नवलपरासी जिल्ला सदस्य गोपाल बस्याल विभिन्न सामाजिक व्यक्तित्व, अभिभावक, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम शिक्षिका सरिता थापाले संचालन गरेकी थिइन् ।