सिम्बाको कमाई एक दिनमै २१ करोड

प्रकाशित मिति:

शुक्रबार रिलिज भएको बलिउड चलचित्र सिम्बाले पहिलो दिनमा राम्रो व्यापार गरेको छ । रोहित सेट्टीको निर्देशन र रणविर सिंहको अभिनय रहेको फिल्मले पहिलो दिनमा २१ करोड भारु कमाएको छ । रिलिजको पहिलो दिनमा फिल्मले गरेको व्यापार राम्रै मानिएको छ।

रणविरको यो वर्षपद्मावत पनि रिलिज भएको थियो। पद्ममावत सन् २०१८ को बलिउडको ब्लक ब्लस्टर फिल्म हो। रोहित सेट्टिले गत वर्ष गोलमान एगेनु निर्देशन गरेका थिए।फिल्ममा रणविर सिंह एसीपीको भूमिकामा छन्। रणविरका अलवा फिल्ममा सारा अली खान,अजय देवगन,सोनु सुद लगायतको अभिनय रहेको छ।