बर्दघाट प्रज्ञा प्रतिष्ठानले तीन दिने साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव गर्ने  

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा तीन दिने साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानकाे आयोजनामा वैशाख २२, २३ र २४ गते महोत्सव हुने भएको हो ।

नवप्रतिभाहरूलाई प्राेत्साहित र प्रशिक्षित गर्ने प्रमुख उद्देश्यका साथ त्रीदिवसिय महोत्सव गर्न लागिएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बताउनु भयो । “महोत्सवले बर्दघाट नगर भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी राष्ट्रमा चिनाउने, नगर भित्रका जातजातीहरुको सास्कृतिक झलकहरुको प्रस्तुत गरीने तयारी छ ।”  कुलपति न्यौपानेले भन्नुभयो ।

स्थानीय तहमा प्रज्ञा प्रतिष्ठानले साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव गर्ने नेपालमा नै पहिले रहेको कुलपति न्यौपानेले दाबी गर्नु भयो । “हामीले यो महोत्सवबाट साहित्य र सास्कृतिकका माध्यामबाट पर्यटनको प्रवर्द्धन गर्ने प्रर्यत्न गरेका छौं । प्रज्ञा प्रतिष्ठानमार्फत पर्यटनको प्रवर्द्धन गर्ने ३ दिने महोत्सव गर्ने राष्ट्रमा पहिलो प्रज्ञा प्रतिष्ठान हौं ।” न्यौपानेले भन्नुभयो ।

पहिलो दिन २२ गते पहिलाे दिन बिहान बुद्धमङ्गल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढीसम्मकाे अवलोकन, रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने, २३ गते दाेस्राे दिन सिमसार, सहिद पार्क र संसारकाेटकाे अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने र २४ गते तेस्रो दिन समापन सत्र गर्ने कार्यक्रम रहेको छ ।

साहित्यीक, सास्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकि प्रदेशका पुर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध सघ संस्थाका प्रतिनिधि  र साहित्य प्रेमी व्यक्तिहरुको उपस्थिति रहने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालले जानकारी दिनु भयो ।