प्रकाश न्यौपाने
वैशाख २४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १० मा रहेको सहिद स्मृति पार्कमा सस्टाहरुको जमघट भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सस्टाहरु जमघट गरेको हो । प्रज्ञाले तीन दिने साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव गर्दै बर्दघाटका प्रमुख पर्यटकीय क्षेत्रहरुमा सस्टाहरुलाई स्थलगत अवलोकन गरएको छ ।
तीन दिनको महोत्सवमा आउनु भएका अधिकाश साहित्यकारहरुले प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको यो महोत्सवबाट अनुभव र दृष्टीकोणको आदानप्रदान भएको बताउनु भएको छ । साहित्यकार हुमानाथ पाण्डेले प्रज्ञाको महोत्सवबाट बर्दघाटका प्रकृतिको सुन्दरता, इतिहास र पुरातात्त्विक र भाबी सम्भावना बोकेका क्षेत्रहरुको अवलोकनको अवसर मिलेको बताउनु भयो । उहाले कवितामार्फत पर्यटन क्षेत्रको बिकास गर्ने सकिने बताउदै कविता मन्च कविता र वास्तविक कविता गरि दुइ थरी कविता रहने उल्लेख गर्नु भयो । “भाषाका माध्यामबाट तात्कालिक मनोरञ्जन मात्रै नगरी दीर्घकालीन सकारात्मक परिणाम दिन सकिने खालका रचनाहरुमा समय दिनु पर्छ । बर्दघाटका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा रचनाहरुले रचनात्मक भुमिका सहित प्रचारप्रसार गर्ने सकिन्छ ।” रचनामा संबेदना हुने पर्ने र नेपाली भाषाको स्पर्षले संबेदना दिन सक्नु पर्ने पाण्डेको भनाइ छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठ साहित्य मार्फत बर्दघाटलाई चिनारी बनाउन सहयोग गरेको बताउनु भयो । गत बर्ष लुम्बिनी प्रदेश स्तरीय कविता बाचन गर्ने र अहिले प्रज्ञाले महोत्सव मार्फत साहित्यीक गतिविधिबाट चिनारी बटुल्न सफल भएको बताउनु भयो । सस्टाहरुलाई शहिद स्मृति पार्कमा स्वागत गर्दै उहाले नगरको भाषा, कला साहित्य र सस्कृतिको सरक्षण गर्न प्रज्ञाले ठुलो भुमिका खेलेको उल्लेख गर्नु भयो ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले मानव बशको बिकास र बिस्तारमा साहित्यले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । साहित्यले बिचार बहसको सिर्जना गर्दछ बैचारिक बहसबाट निष्कर्ष आउने उल्लेख गर्दै उहाले बर्दघाटको पर्यटन बिकासमा सस्टाले दिएको निष्कर्षलाई अगाडी सारेर अघिबढ्ने बताउनु भयो ।
सस्टाहरुले सबैलाई सम्मान गर्दै सम्मानजनक ब्यवहार वृद्धि गर्ने साहित्यले सहयोग गर्न सक्ने धारण राखेका छन ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले कवितालाई परिभाषामा बाध्न नसकिने बताउनु भयो । “कविता त्यस्तो हो जुन सपाट हुदैन । जसलाई कुनै न कुनै कुरा भन्नका लागि एउटा ढंगले भन्नु पर्नेमा अर्कै ढंगले प्रस्तुत गरिन्छ ।” न्यौपानेले भन्नुभयो । “सबै प्रतिक बिम्ब हुन सबै बिम्ब प्रतिक होइन” त्यसैलेले रचनामा बिम्ब र प्रतिक मिलाउन सके उत्कृष्ट रचना हुने न्यौपानेको भनाइ छ ।
महोत्सवको दोस्रो दिन २३ गते सन्सारकोट, बिहारी गुफा, सहिद स्मृति पार्क र बाउन्नघोला सिमसार क्षेत्रमा स्थलगत अवलोकन र रचनावाचन गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब शरद पौड्यालले जानकारी दिनु भयो ।