बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आयोजीत त्रिदिवसीय महोत्सव सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख २४ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा त्रिदिवसीय साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव २०८१ सम्पन्न भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आयोजित गरिएको त्रिदिवसीय महोत्सव मंगलबार रचना वाचन र डाक्टर श्याम प्रसाद न्यौपानेद्रारा लिखित कृतिको लोकार्पण गर्दै सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एव लुम्बिनी प्रदेशका वन, वातावरण तथा कृषि समितिका सभापति बिश्वप्रेम पाठकले लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको बिकास भए देशको आर्थिक बिकास हुने बताउनु भयो ।

लुम्बिनी प्रदेश पर्यटकीय क्षेत्रको खानी रहेको उल्लेख गर्दै पाठकले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पर्यटनको अचुख सम्भावना रहेको बताउनु भयो । ” भगवान गौतम बुद्ध जन्मेको प्रदेश लुम्बिनी प्रदेशमा पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, नेपालगन्जको बागेश्वरी, रुपन्देहीको लुम्बिनी नवलपरासीको रामग्राम स्तुप, कंचनगढी जस्ता ठाउमा पर्यटनको अचुक सम्भवना बोकेका ठाउ छ्न । यहा पर्यटन भित्र्याउन सके स्थानीय पालिका, लुम्बिनी प्रदेश हुँदै राष्ट्रको नै जिडिपी बढ्छ र देशको आर्थिक बिकास हुन्छ । पाठकले भन्नु भयो ।

पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित त्रिदिवसीय साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव २०८१ लाई सम्बोधन गर्दै पाठकले अहिलेको समाजमा बैचारिक बहसको कमी भएको उल्लेख गर्नु भयो । साहित्यले बिचार ल्याउने र त्यो बिचारमा बहस र मन्थन गर्दै निष्कर्ष निकाल्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने पाठकको भनाइ छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आयोजित गरिएको त्रिदिवसीय महोत्सव मंगलबार रचना वाचन र कृतिको लोकार्पण गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले त्रिदिवसिय महोत्सवले बर्दघाटको छुट्टै पहिचान गराउन सफल भएको बताउनु भयो । ” प्रज्ञाले आयोजना गरेको महोत्सवले बर्दघाटका पर्यटकीय क्षेत्रको कला र रचनामार्फत प्रचारप्रसार भएको छ ।” श्रेष्ठले भन्नुभयो ।
नगरले कला, भाषा र साहित्यको सरक्षण गर्दै अगाडि बढ्ने श्रेष्ठको भनाइ छ ।

पर्यटनलाई कला र साहित्यसंग जोडेर बर्दघाटका पर्यटकीय क्षेत्रको बिकास गर्ने महोत्सव सफल रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले उल्लेख गर्नु भयो । ” बर्दघाटका प्रमुख पर्यटकीय स्थलगतहरुमा हामीले स्रस्टाहरुलाइ स्थलगत अवलोकन गराएका छौं । अब स्रस्टाहरुले साहित्य मार्फत शब्द चित्रबाट प्रस्तुत गर्ने बाकी रहेको छ ।” न्यौपानेले भन्नु भयो
बर्दघाट नगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन लागी तीन दिने साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गर्दै लुम्बिनी प्रदेशका १२ जिल्ला,पुर्बी नवलपरासी र चितवनबाट सस्टाहरु बर्दघाटमा ल्याएर यो महोत्सव मार्फत प्रचारप्रसार गर्दै बर्दघाटलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रूपमा चिनाउने महत्त्वपूर्ण भुमिका खेलेको मैले महसुस गरेको न्यौपानेको भनाइ छ ।

तीन दिनको महोत्सवमा २२ गते पहिलाे दिन बिहान बुद्धमङ्गल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढीसम्मको अवलोकन, रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने, २३ गते दाेस्राे दिन सिमसार, सहिद पार्क र संसारकाेटकाे अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने र २४ गते तेस्रो दिन समापन सत्र गरी महोत्सव सम्पन्न गरिएको सदस्य सचिब शरद पौडेलले जानकारी दिनु भयो । समापन सत्रमा करिब ३० जना स्रस्टाहरुले रचना वाचन र डाक्टर श्याम प्रसाद न्यौपानेद्रारा लिखित अहो ! गान्धोरी नामक कृतिको लोकार्पण समेत गरेको पौड्यालले उल्लेख गर्नु भयो ।