नगरको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठान

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरेको छ । प्रज्ञाले तीन दिने साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव गर्दै पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेको हो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरभित्र रहेका धार्मिक र सास्कृतिक महत्व बोकेका स्थलहरु स्थलगत अवलोकनसहितको महोत्सव राखेर बर्दघाटलाई नै चिनाउने काम गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । “अहिले आगामी बर्षका लागी योजना तर्जुमा गर्दै छौ । चालु आर्थिक बर्षमा पर्यटन प्रवर्द्धनका लागी प्रज्ञालाई राम्रोसङ्ग कार्यक्रम गर्न बजेट अभाव महशुस गरेकोमा आगामी आ.व. मा प्राथमिकतामा राखेर निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीका साथ अघि बढेका छौं ।” श्रेष्ठले भन्नुभयो ।

बर्दघाट नगरलाई कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिदै पर्यटनलाइ रोजगारसङ्ग जोड्ने बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । हामीले बर्दघाटको पर्यटन बिकासलाई रोजगार र आर्थिक बिकासमा जोड्नका लागि स्थानिय जात जाती र भाषा भाषीको पहिचान हुने गरि खानाका परिकारहरु र सास्कृतिक झलकका प्रस्तुतिलाई जोडेर ल्यौजाने गरि नगरबाट गरेका छौँ ।” उपाध्याय भन्नु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले महोत्सवले बर्दघाट नगर भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी राष्ट्रमा चिनाउने प्रमुख उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताउनु भयो । नगर भित्रका जातजातीहरुको सास्कृतिक झलकहरुको प्रस्तुत गर्दै आज २२ गते पहिलाे दिन बिहान बुद्धमङ्गल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढीसम्मकाे अवलोकन, रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने गरीएको कुलपति न्यौपानेले बताउनु भयो ।

भोलि २३ गते दाेस्राे दिन सिमसार, सहिद पार्क र संसारकाेटकाे अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गरीने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब शरद पौड्यालले उल्लेख गर्नु भयो । साहित्यीक, सास्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकि प्रदेशका पुर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध सघ संस्थाका प्रतिनिधि र साहित्य प्रेमी व्यक्तिहरुको उपस्थिति रहेको पौड्यालले जानकारी दिनु भयो ।