रामेछाप/ दिनभरको चर्को (४० डिग्री ) गर्मीले आजित रामेछाप मन्थली बासी एकाएक रणजोरमा आएको बाढीका कारण त्रसित बने । मन्थलीमा साँझपख हल्का पानी परे पनि त्यो बाढी मन्थली भन्दा माथिको ग्रामिण क्षेत्रमा आएको थियो । अन्य क्षेत्रको तुलनामा एकदमै कम पानी पर्ने यो क्षेत्रमा माथिल्लो भेकमा परेको पानीकोले लेदो सहितको बाढी आउँदा पटक पटक त्रसित बन्नु परेको स्थानीय नबिन कार्की बताउँछन् । गएको बैसाख ३१ मा सोही खोलामा आएको बाढीका कारण १ जनाको ज्यान जानुका साथै ५ बिद्यार्थी घाइते भएका थिए ।
भिडियो नबिन कार्कीको फेसबुकबाट