एक सय ६० केजी चरेशसहित ट्रक चालक प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

पर्सा, १६ पुस । ठूलो परिणामको लागूऔषध लोड गरी ल्याएको ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–३१ बेल्वाबाट पर्सा प्रहरीले ट्रकसहित चालकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय सागर बल रहेका छन् । चालक बलले चलाएको ना.४ ख २९८५ नम्बरको ट्रकको पछाडि फल्सबटम बनाई १६० केजी चरेश लुकाएर ल्याउँदै गर्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

चरेश मकवानपुरदेखि पर्सा हुँदै भारत लान लगिएको प्रहरीले जनाएको छ। बरामद भएको चरेश चालु आर्थिक वर्षमा नियन्त्रणमा लिइएको सबैभन्दा ठूलो परिणाम भएको प्रहरीले जनाएको छ ।