वडा भवन निर्माण कार्य प्रभावित

प्रकाशित मिति:

वडा अध्यक्षले मनोमानी ढंग वाट वडा कार्यलय निर्माण गर्न लागे ः स्थानिय

१६ पौष , तिलोत्तमा ।
तिलोत्तमा नगरपालिका वडा १३ को निर्माणधिन वडा भवनको निर्माण कार्य प्रभावित भएको छ । शोमवार वडा वासिहरुले वडा भवन निर्माण कार्यको विरोध स्वरुप आन्दोलन सुरु गरे पछि वडा भवन निर्माण कार्य प्रभावित भएको हो । निर्माण प्रारम्भ भएको केही समय नवित्दै स्थानियहरुले नै निर्माण कार्य प्रति असन्तोष व्यक्त गर्दै टोड फोड गरेका छन् ।
वडाका केही टोलवाट सहज र सरल पौच नहुने भन्दै आन्दोलन सुरु भएको स्थानियहरुले बताए ।
वडा अध्यक्षले आफू खुसी ढंगवाट भवन निर्माण गर्न लागेको स्थानिय भिम बहादुर क्षेत्रीले बताए , उनले भने भवनको शिलन्यासमा पनि स्थानियलाई खवर गरिएन ,मेयर र वडा अध्यक्षले मनोमानी ढंगवाट भवन निर्माण गर्न लागे । सवैलाई पाएक पर्ने ठाँउमा निर्माण होस् ।
त्यस्तै स्थानिय रतन भण्डारीले घरबाट आउन निकै समस्या हुने बताए , उनले भने भवन बन्ने ठाँउमा पुग्न वडा बासीहरुलाई सयौँ खर्च गर्न पर्ने हुन्छ , जिवन भर आउने ठाँउ, सजह यातायतको व्यवस्थापनि छैन । समस्यामा पर्ने भइयो । साथै उनले वडा कार्यलयलाई उचित स्थानको टुंगो लगाई निर्माण गर्न आग्रह गरे ।
तर वडा अध्यक्ष गणेश न्यौपनेले भने भवन नगरपालिकाले निर्माण गर्ने भएकोले विरोध गर्न आफू असमर्थ रहेको बताए । उनले भने ,मेरो नैतिकताको कुरा हुन्छ , वडा भवन निर्माण बन्द गर्न मैले सक्दिन यो नगरपालिकाले टेन्डर आवाहन गरेर सुरु गरेको हो ।
त्यस्तै,उनले वडाका केही स्थान विशेषका व्यक्तिहरु मात्र आन्दोलित भएका हुन् सबैलाई छलफल गरि मिलाएर लान प्रतिबद्य रहेको बताए ।
त्यस्तै, आन्दोलनरत स्थानिय र जनप्रतिनिधिहरु विच सहमति भर्इृ समस्या समाधन गर्न विशेष समिति गठन समेत भएको छ ।