कांग्रेस क्षेत्रीय सचिव भट्टराईले फहराए ‘एबीसी’ मा झण्डा

प्रकाशित मिति:

भैरहवा- जेठ ।नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सचिव लेखनाथ भट्टराईले अन्नपूर्ण बेस क्याम्प ‘एबीसी’ मा पुगेर पार्टीको झण्डा फहराएका छन् । उनले कांग्रेसको झण्डासँगै नेपालको राष्ट्रिय झण्डा पनि फहराएका छन् । ‘कास्कीको घान्दु्रकबाट तीनदिन पदयात्रामार्फत एबीसी पुगियो, पार्टीको चारतारे झण्डासँगै नेपालको राष्ट्रिय झण्डा फहराउन पाउँदा खुसी र गर्वको अनुभुति भयो, ’उनले भने । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण बेस क्याम्पको उचाई ४ हजार १ सय ३० मिटर छ । कांग्रेस रुपन्देही–३ का प्रवक्ता समेत रहेका भट्टराईले नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य एबीसीमा पाइला टेक्न पाउँदा गौरवान्दित महसुस गरेको बताए ।

गत वैशाख महिनामा आफ्ना दुई छोरासँगै उनी एबीसी पुगेका थिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षिय भट्टराई भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पूर्व सभापति तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य समेत हुन् । पर्वत जिल्लामा जन्मेका भट्टराई २०५१ सालदेखि कांग्रेसमा आबद्ध भइ राजनीति क्षेत्रमा क्रियाशील रहेको बताउँछन् ।