गोपिकृष्ण रेग्मी- १३ जेठ,स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत रहेको प्रहरी चौकी साखरको नवनिर्मित कार्यालय भवनको उदघाटन भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले उक्त नवनिर्मित प्रहरी चौकीको उदघाटन गर्नुभएको हो । उहाँले नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक सिहले प्रहरी कर्मचारीहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी नायव महानिरीक्षक सिहले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभएको थियो ।
नेपाल सरकारबाट बिनियोजित २करोड १५ लाख ३हजार १ सय ५८ रूपैयाँको लागतमा प्रहरी चौकी भवन,मेस,शौचालय,व्यारेक सहितको भवनको निर्माण कार्य सम्पन्न भएको गण्डकी प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । राधा आमा समुहको भजनकिर्तन का साथ ईलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाहको स्वागत संगै सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रमुख शालिकराम शर्मा र कार्यक्रमको सन्चालन प्रहरी निरीक्षक वृन्देश्वर यादवले गर्नुभएको थियो।चापाकोट नगरपालिका नगर उप प्रमुख इशा राना प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल गण्डकी प्रदेश प्राविधिक प्रहरी नायव उपरीक्षक धुर्व अधिकारी चापाकोट नगरपालिका वडा न ६ का वडा अध्यक्ष तारा देवि पोखरेल चौकी निर्माण समितिका सचिव घनश्याम खनाल लगाएतले आफ्नो भनाइहरु व्यक्त गर्नु भएको थियो ।