पुर्व अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा चुनावमा जाने जनपत्रकार संगठनको निर्णय
प्रकाशित मिति:
पुर्व अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा चुनावमा जाने जनपत्रकार संगठनको निर्णय काठमाडौं विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालको सचिवालय बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले संगठनका पूर्वअध्यक्ष तथा संगठनका संस्थापक अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ ।
शुक्रबार बुद्धनगरमा बसेको बैठकले डुम्रेको नेतृत्वमा बसन्त वि.क, शोभराज बराल, शाहस भट्ट, सुदर्शनराज पाण्डेलाई केन्द्रमा पठाउने निर्णय गरेको हो । आगामी जेठ २६ गते हुने पत्रकार महासंघको निर्वाचनमा संगठनले केन्द्र,प्रदेश र जिल्लामा सक्रिय सहभागीता जनाउने तयारी गरेको संगठनको केन्द्रीय उपाध्यक्ष जानकी चौधरीले बताईन् । निर्वाचनमा एलायन्सका लागि अरु संगठनहरुसँग छलफल गर्ने अध्यक्ष दर्शन विकको नेतृत्वमा कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष जानकारी चौधरी र सल्लाहकार राजेन्द्र चिमौरिया लगायत रहेका छन् ।