नारायाणी नदीको कारण नवलपरासीको सुस्तामा उखु किसानलाई समस्या,

प्रकाशित मिति:

पुस १६,नवलपरासि

नवलपरासीको विकट स्थानको रुपमा मानिने सुस्तामा उत्पादन भएको नगदेबाली उखु ब्यवस्थापन गर्न निकै कठिनाई हुन थालेको छ । भौगोलिक विकटताले भरिएको सुस्तामा उखु बाली तयार भइसकेकोमा नारायाणी नदीको कारणले सुस्तामा उत्पादित उखु नवलपरासीको ठाडीघाट सम्म ल्याउन कठिन हुने हुदा उखु बालीको ब्यवस्थापन बारे चिन्ता बढेको उखु किसानको नेतृत्व गर्दै सुस्ताकी महिला नेतृ नुरजाह बेगम लैलाले बताउनुभएको छ ।

नवलपरासीको सुगम स्थानमा कार्य क्षेत्र बनाएका चिनि कारखानाहरुले सुस्ताको उखु बाली प्रति गम्भिर हुन नसकेकोमा चिन्ताको विषय बन्दै गएको लैलाले बताउनुभयो । उखु किसानको बालीलाई राज्यले ब्यवस्था मिलाउने जिम्मेवारी रहेकोमा सुस्ताको उखु बाली ब्यवस्थापन गर्न राज्य स्वंय असमर्थ भएकोमा उखु किसानहरुले आफ्नो माग सम्बोधन नभए सम्बोधन गराउन आन्दोलनको विकल्पलाई कसैले पनि रोक्न नसक्ने महिला नेतृ लैलाले चेतावनी दिनुभएको छ । हालको अवस्थामा सुस्ता भुमीमा करिब ५ हजार क्वीन्टल उखु तयारी अवस्थामा रहेको छ । स्थानिय क्रसर सञ्चालकहरुले उखुको मुल्य प्रतिक्वीन्टल २ सय रुपिया सम्म खरिद गरिरहेको हुदा यस तर्फ पनि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने सुस्ताका उखु किसानहरुको भनाई रहेको छ ।