कपिलवस्तुको कृष्णनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जमा यात्री वहाक बसको ठक्करबाट सोमबार एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कृष्णनगर–८ डगरमरवाकी ६५ वर्षीया तारमति कोरी रहेकि छिन ।

चन्द्रौटाबटा कृष्णनगर जाँदै गरेको लु१ख ६९०९ नम्बरको बसले उनलाई ठक्कर दिएको थियाे । घटना स्थलमा प्रहरी पुगि बस र चालकलाई अफ्नाे नियन्त्रणमा लिएकाे ईप्रका बहादुरगंजले जनाएकाे छ ।