४३ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

प्रकाशित मिति:

आज पुस १६ अर्थात् ४३ औं राष्ट्रिय मेलमिलाप दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वा्सित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए ।जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रियमेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्नकार्यक्रमगरी यो दिवस मनाएका छन् । यसै विच ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले वर्तमान सरकारसंग कुनै किसिमको आश राख्नुपर्ने जरुरी नरहेको बताएका छन् ।उनले सरकार अधिनायकवाद तर्फ लागि पत्रकारहरु माथि बन्देज गर्ने र कर्मचारीहरुलाई पनि आंतकित गर्ने काम गरिरहेको आरोप लगाए । सरकारकै कारण कर्मचारीहरु आन्दोलनमा उत्रिएको उनले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले विपी कोइरालाको विचारबाट सबैलाई प्रेरणा मिलेको बताए ।
नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र के.सी.ले विपीको वाणीलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताए ।नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले पार्टीभित्र एकताको कमीले कांग्रेस कमजोर भएको बताए ।प्रदेश नम्बर ५ का सदस्य रमा अर्यालले विपीको विचारमा कम्युनिष्टहरु पनि घुमिरहेको बताइन् । प्रदेशसभा सदस्य पुष्पा थरुनीले वर्तमान कम्युनिष्ट सरकारले जनतालाई दुःख मात्र दिएको बताइन् ।कांग्रेसका नेता देवी प्रसाद चौधरीले एकआपसमा मनमुटाव हटाएर अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाही, नेपाल दलित संघ रुपन्देहीका सभापति बुद्धिराम हरिजन , कांग्रेसका नेता हरि लम्साल, विष्णु पोखरेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, सैनामैना नगर पार्टी सभापति राम प्रसाद अधिकारी लगायतले बोल्दै नीहित स्वार्थको लागि नभइ विपीको जस्तो मेलमिलाप आवश्यक रहेको बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व, उपसभापति फणिन्द्र प्रसाद शर्माको स्वागत मन्तव्य तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।