बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा दुई दिने भाषा सम्बन्धि गोष्ठि सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेठ २५ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा २ दिने भाषा परिचर्चा तथा मातृ भाषामा शिक्षाको महत्त्व बिषयक गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुरले अन्य भाषाको पहिचानका लागी लड्नु पर्ने बताउनु भयो । अन्य भाषाहरु आफ्नो अधिकारका लागी प्रयास गरीरहेको उल्लेख गर्दै ठाकुरले २०५४ साल देखी मातृभाषामा शिक्षा दिने प्रयास गरिएको बताउनु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आयोजित भाषा परिचर्चा तथा मातृ भाषामा शिक्षाको महत्त्व बिषयक दुई दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै ठाकुरले नेपाली भाषाको समाप्त भए पछि अन्य भाषाहरु मौलाउने कुरा गलत भएको बताउनु भयो । सबै भाषाको सरक्षणमा जोड दिनु पर्ने आज आवस्यकता रहेको धारणा राख्नु भयो । “एउटै भाषा बोल्दैमा, एउटै कपडा लगाउदैमा, एउटै टोपी लगाउदैमा नेपाली हुने होईन ।” ठाकुरले भन्नु भयो ।

अङ्ग्रेजीले नेपाली भाषालाई दवाएको बताउदै उहाँ सबै भाषा भाषिको सरक्षण सबै मिलेर गर्न सकिने ठाकुरको भनाइ छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक सय २५ जात जाती र विभिन्न भाषा भाषीहरु बोलिने देश नेपाल भएको उल्लेख गर्दै नेपाल बहुजाती, बहुभाषा र बहुसास्कृतिक रहेको राष्ट्र भएकोले बिबिधतामा अनेकता रहेको बताउनु भयो । “बर्दघाटले भाषा, कला र सास्कृतिकको सरक्षण गर्दै स्थानीय कला, भाषा र सास्कृतिकको सरक्षण गर्ने योजनाका साथ अगाडी बढेका छौँ ।”

बर्दघाट नगर प्रवक्ता एव वडा अध्यक्ष सन्त बहादुर गाहाले मातृ भाषा लोप हुदै गएको बताउनु भयो । अग्रेजी भाषाले मातृ भाषा ओझेलमा परेको छ । “अङ्ग्रेजी भाषाले जागीर खान आर्थिक रुपमा अर्थोपार्जनमा सहज हुने हुदा मातृ भाषा लोपउन्मुख भएको छ ।” गाहाले भन्नु भयो ।

नगरका सामाजिक बिकास समिति सदस्य भिमकाजी गुरुङ्गले मातृ भाषा घर घरमा बोल्ने बाताबरणको सृजना गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । ” हामीले मातृभाषाका हरेक कार्यक्रमहरु टोल टोलमा पुर्‍याइ घर घरमा मातृ भाषामा बोल्न सके भाषाको बिकास गर्न सकिन्छ ।” गुरुङले भन्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ (बिमल निभा) ले मातृभाषा हाम्रो सम्पती रहेको बताउनु भयो । उहाले भाषा सम्पत्ति भएको ती सम्पत्ति नेपालको रहेकोले नेपालीले बहुभाषामा गर्व गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गुरुङ, नेवार, मगर, थारु, नेपाली,भोजपुरी भाषाका कार्यपत्र प्रस्तुत गरिएको थियो । बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षता, भाषा साहित्य बिभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तब्य र भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल पति बिमल कृष्ण श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठान मात्रृभाषा तथा कोष र ब्याकरण बिभाग प्रमुख त्रैलोक्यमान बनेपाली लगायतके आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बर्दघाट नगरमा ६ वटा भाषा प्रमुख रुपमा बोल्ने उल्लेख गर्दै भाषाहरुको अहिलेको अवस्था, भाषाहरुको सरक्षण र मातृभाषा शिक्षा दिन किन आवस्यक छ भन्ने बिषयमा कार्य पत्र प्रस्तुत गरिएको जानकारी दिनु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव शरद पौडेलको सचालनमा भएको कार्यक्रममा दिप प्रकाश लोहनीले धन्यवाद ज्ञापन गर्नु भयो ।