इन्टरनेटको मुल्य समायोजनको लागि सरकारी तयारी

प्रकाशित मिति:

काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समिति बनाएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजनको प्रयास थालिएको हो । सेवा प्रदायकहरुले इन्टरनेटको शूल्क बढाएपछि सरकारको आलोचना भएको थियो ।

सञ्चार मन्त्रालयको सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन् ।

समितिले एक हप्ताभित्रै नयाँ मूल्य सिफारिस गर्न भनिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले साउन १ देखि १३ प्रतिशत दूरसञ्चार कर लगाएको छ । यसले मूल्य नबढ्ने सरकारको दाबी छ ।

४ वर्षअघिसम्म ४२ डलर प्रतिएमबीपीएसरप्रतिमहिना रहेको इन्टरनेट ब्याण्डविथको मूल्य हाल ८ देखि १० डलरसम्म ओर्लिएको छ । त्यसैले १३ प्रतिशत कर लगाउँदै मूल्य नबढ्ने सरकारको दाबी छ ।