प्रकाश न्यौपाने
जेष्ठ २६ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा पुल बने पछि नेपालीलाई नेपाल संगै जोडिएका छन ।
सुस्ताको वारि र पारी गर्नेका लागी ढुङ्गाको सहायता लिनु पर्ने सुस्ताबासी बर्षातको समयमा नेपालीहरु नेपालसङ्गै जोडिन समेत सक्दैन थिए ।
सुस्ताको झलुङ्गे पुलले नेपालीलाइ नेपालसंग जोडेको संविधान सभा सदस्य एब लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले बताउनु भयो । आफु संविधान सभा सदस्य हुदा तत्काल प्रधानमन्त्री सुशील कोइरालालाई दुर्बिनबाट पारीको सुस्ता देखाएको उल्लेख गर्दै कलवारले त्यस पछि सडकको पुलको स्टिमेट गरेको र बजेट बढी पर्ने भएकाले झलुङ्गे पुल बनाउने गरि अगाडि बढेको जानकारी दिनु भयो । सुस्तामा पुल बन्न धेरै साथीहरु योगदान रहेको कलवारको भनाइ छ ।
सुस्ता गाउपालिका वडा नम्बर ०५ मा १ हजार ५ सय ७१ मिटर लामो पुल बनेर सुचारु भए पछि सुस्ता बासीको बाध्याता तोडिएको हो । करीब २३ करोडको लागतमा बनेको सुस्ताको झलुङ्गे पुल नेपालको सबै भन्दा लामो र एसियाको दोस्रो लामो पुल रहेको कलवारको दाबी छ ।
पुल बने पछि आवतजावतमा निकै सहज भएको उल्लेख गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले राज्यबाट प्रदान गरीने सेवा सुबिधामा सहज भएको बताउनु भयो ।
सामान्य घरपरिवारमा आवस्यक पर्ने खाध्यान्न तथा लत्ताकपडाका लिनका लागि नेपाली बजारमा आउन नारायणी नदिको जोखिम पुर्ण यात्रा गर्नु पर्ने वा भारतीय बजारमा पुग्नु पर्ने थियो । सुस्ताको पुल बने पछि सुस्ताबासीहरु नेपाली बजार गर्ने भारतीय बजारमा जानु पर्ने वा नारायणीको जोखिम पुर्ण यात्रा गर्नु नपर्ने भएको सुस्ता ०५ का वडा अध्यक्ष प्रभुनाथ यादवले बताउनु भयो । ” पुल बने पछि हरेक काम गर्न नेपालीहरु नेपाल संगै जोडिन पाइएको छ ।” यादवले भन्नू भयो ।
झलुङ्गे पुल बने पछि सुस्ता ०५ (नारायणी पारी सुस्ता) जानका लागी पैदल मात्रै होइन मोटरसाइकल समेत आवतजावत गरेका छन ।
सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाले मान्छे हिड्न बनाएको पुलमा बाइकमा हिड्दा पुल कमजोर हुने बताउनु भयो । ” बाइकमा ३/४ जना चढेर हिडिरहेका छन । त्यसले गर्दा पुल कमजोर पुल कमजोर हुन्छ कि ?” खाले भन्नु भयो ।
सुस्ता ०५ का स्थानीय रबिन्द्र यादवले पुल पुर्खाको सपना भएको उल्लेख गर्दै पुर्खाले देखेको सपना पूरा भएको बताउनु भयो । “सस्पेन्सन ब्रेजका सुस्ताको ठूलो सपना पूरा भएको छ ।” यादवले भन्नुभयो ।
सुस्ता गाउपालिका ०५ मा (नारायणी पारी सुस्ता) मा २ सय ६५ घर धुरीमा करीब ३ हजार २ सय जना बसोबास गरेका छन ।