प्यारामाउण्ट एसईई ओपन टि १० क्रिकेटको उपाधि गुरुकुल बीलाई

प्रकाशित मिति:

तिलोत्तमा,२७ जेठ ।   एसईई ओपन टि १० क्रिकेट टुर्नामेन्टको उपाधि गुरुकुल बीले जितेको छ । तिलोत्तमाको नयांमिलस्थित प्यारामाउन्ट माविले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गुरुकुल बीले नमबुद्धलाई २४ रनले पराजित गरेको हो । तिलोत्तमा ८ ज्योतिनगरस्थित खेल मैदानमा सञ्चालित खेलमा पहिले ब्याटिङ गरेको गुरुकुलले १०८ रन बनाएको थियो । १०९ रनको लक्ष्य पछ्याएको नमबुद्धले ८४ रनमै सीमित भएको थियो । उपाधिसंगै गुरुकुल बीले १० हजार र उपविजेता नमबुद्धले ६ हजार नगद सहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।
यस्तै म्यान अफ द सिरिज गुरुकुल बीका आशुतोष पाण्डे , बेस्ट ब्याट्समयान टिम माहिरतका सन्देश पोखरेल,बेस्ट बलर गुरुकुल बीकै आशिष भण्डारी,बेस्ट फिल्डर गुरुकुल बी कै सागर गैरे र फाइनल खेलको म्यान अफ द म्याच गुरुकुल बीबै अमन बोहरा घोषित भए । विजयी टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राम गिरी,प्लस टु संयोजक लक्ष्मण अर्याल र विद्यालयका प्रशासकीय अधिकृत होमप्रसाद शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरी, प्लस टु संयोजक सुरज बस्याल,शिक्षक सुरज पन्तले अहिले युवामाझ लोकप्रिय खेल क्रिकेटको विकास र क्रिकेटमा रुचि राख्ने नवोदित विद्यार्थी खेलाडीको क्षमता विकासलाई प्राथमिकता दिएर प्यारामाउन्टले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरेको बताएका थिए । विद्यालयले दुई जना दक्ष प्रशिक्षक नै राखेर विद्यालयमा नियमितरुपमा क्रिकेट प्रशिक्षण पनि दिइरहेको छ ।