समिति विस्तार, विष्णुपादुकामा वृक्षरोपण र ग्रीन एण्ड क्लीन धरान कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय
धरानः नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको बैठक सम्पन्न भएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले धरान १७ पटनालीका लक्ष्मीराम कार्की र तारा खत्री तथा धरान ८ का ताइचिङ खवाहाङ लिम्वुलाई सदस्यमा मनोनित गर्दै क्षेत्रीय समिति विस्तार गरेको छ भने लिम्वुलाई सामाजिक सञ्जाल व्यवस्थापन तथा परिचालनको जिम्मेवारी समेत प्रदान गरेको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।
उनका अनुसार बैठकले विष्णुपादुका र भेडेटार आसपास वृक्षरोपण गर्ने र गत वर्ष सञ्चालन गरिएको ग्रीन एण्ड क्लीन धरान कार्यक्रम यस वर्ष पनि सञ्चालन गर्ने निर्णय गरेको छ । वृक्षरोपणका लागि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ कै संयोजकत्वमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यद्धय शिखा चेम्जोङ, कविता लिम्वु र प्रदेशसभा १(१) कोषाध्यक्ष रविना सुब्बा गुरुङ सदस्य रहेको व्यवस्थापन समिति र स्थानीय नेता तथा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राईको संयोजकत्वमा तयारी, रेखदेख तथा समन्वय समिति समेत गठन गरेको छ ।