रुपन्देहीको सैनामैनामा न्यायिक कक्षको स्थापना

प्रकाशित मिति:

पुस १६, सबलपोस्ट

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाले अदालतमा जस्तै आजदेखि इजलास कक्ष संचालन गरेर न्याय सम्पादनको काम सुरु गरेको छ . सैनामैना नगरपालिकाका प्रम’ख चित्र बहाद’र कार्किले न्यायिक समितिको कार्यविधि नगरपालिकाका उप प्रम’ख तथा न्यायिक समितिकी संयोजक विना रानालाई हस्तान्तरण गरेर इजलास कक्षको शुभारम्भ गर्नुभयो .
विभिन्न विवादहरु न्यायिक समितिले हेर्ने गरेको सैनामैना न्यायिक समितिकी संयोजक बिना रानाले जानकारी दिनु भयो । . न्यायिक समिति गठन भएपछि अहिलेसम्म ४५ वटा मुद्धा दर्ता भएका छन .। त्यसमध्ये ४ वटा मेलमिलाप भईसेका छन भने ७ वटा मुद्धा अदालतमा पठाईएको र बाँकी तामेलिमा रहेको संयोजक रानाले जानकारी दिन’ भयो ।

खास गरी सम्वन्ध विच्छेद, जग्गाको खिचलो, घरायसी झै झगडा सम्वन्धी म’द्दा वढी परेका छन .सैनामैना नगरपालिकाका प्रम’ख चित्र बहाद’र कार्किले स्थानीय रुपमा देखिएका विवाद नि?पणका लागि न्यायिक समितिले काम गर्ने उल्लेख गर्दै अब जनताले न्यायको वास्तविक अनुभुति दिलाउने दाबी गर्नु भयो वडा स्तर मा नै मेलमिलापकर्ताहरु रहेकाले सकेसम्म वडाको विवाद वडा मा नै मिलाईने र वडाबाट मिल्न नसकेका मुद्धाहरु नगरपालिकाको ईजालशबाट सम्पादन गरिने उँहाले बताउँनु भयो .।
न्यायिक समितको कामलाई छिटो र छरितो बनाउनको लागि कान’न विज्ञ कर्मचारी नै खटाएर काम भईरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिनु भयो |