पन्चनगरको स्वास्थ्य शिबिरमा २ सय २४ जनाको स्वास्थ्य परिक्षण 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
जेष्ठ ३२  गते
नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट ०९ पन्चनगरमा सञ्चालित स्वास्थ्य शिबिरमा २ सय २४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । पन्चनगर स्वास्थ्य चौकीको आयोजना र बर्दघाट ०९ को सहयोगमा जेष्ठको २९, ३० र ३१ गते गरि तीन दिनसम्म स्वास्थ्य शिबिर संचालन गरिएको हो ।
 जेष्ठ २९ गते बुधबार ९५ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्कृनिङ्ग गरिएको थियो ।  जसमा २८ जनामा पाठेघरको सक्रमण भएको र ५ जनामा महिलाहरुमा भिआइए पोजेटिभ भेटिएको छ । त्यस्तै जेष्ठ ३० र ३१ गते १ सय २९ जनाको नसर्ने रोगको स्कृनिङ्ग तथा परिक्षण गरिएको छ । परिक्षणका क्रममा उच्च रक्तचाप ९ जना, १४ जना मधुमेह, १० जना पिसाबमा समस्या र बिएमआइ परिक्षण गर्दा धेरै जनामा मोटोपनाको समस्या देखिएको पन्चनगर स्वास्थ चौकीका प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनु भयो ।
चिसापानी अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट तथा स्त्री रोग विशेषज्ञ डाक्टर मन्जिला घिमिरे, डाक्टर राजन गैरे, ल्याब टेक्निसियन निरीक्षक बिष्णु चौधरी, नर्सिङ निरिक्षक मिना श्रेस्ठ र बर्दघाट नगरपालिका स्वास्थ्य शाखकि सिता शर्मा,  पन्चनगर स्वास्थ्य चौकीका कर्मचारी सम्पुर्णले परिक्षणमा सहयोग स्वस्थ्य परिक्षण गरिएको थियो ।