बर्दघाटमा मलको हाहाकार, किसान घन्टौं लाइनमा बस्नु पर्ने बध्याता

प्रकाशित मिति:
प्रकाश न्यौपाने
जेष्ठ ३२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रासायनिक मलका लागी किसानहरु घन्टौ लाइनमा बसेका छन । बिहान ४ बजे देखी नै किसानहरु लाइनमा बसेका हुन ।
 अहिले धान रोप्ने चटारोमा किसानहरु रहेका छन् । यतिबेला किसानलाई मल अन्त्यन्तै आवश्यक रहेको मधुरा चौधरीले बताउनु भयो । “खेती लगाउने समयमा मल पाइदैन कसरी खेती गर्ने । जहिले पनि  खेतमा प्रयोग गरिने रासायनिक मल लिनका जहिले पनि सास्ती को सास्ती छ ।” चौधरीले भन्नुभयो ।
बर्दघाट नगरपालिकामा सहकारी मार्फत किसानहरुलाई अनुदानको मल वितरण गर्न कोटा निर्धारण गरिएको छ नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । नगरमा मल नै कम आएको र आएको मललाई पायक पर्ने स्थानबाट बितरण गर्ने व्यवस्थापन मिलाइएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
किसानले रासायनिक मल समयमा नपाउने समस्या त छदै छ घन्टौं लाइनमा बसेर समेत सिमित मल पाउने गरेका छन । मलकै लागी मल बितरण गर्ने सहकारी सस्थाहरुमा बिहान ४/५ बजे देखी नै लाइनमा किसानहरु बसिरहेका छन । शुक्रबार विहान पञ्चनगरमा रहेको मधुवन कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मल वितरण गर्ने जानकारी पाएपछि किसानहरु विहान ४ बजे देखीनै लाईनमा बसेका छन् । मधुनमा मात्र होईन मल वितरणको जिम्मा पाएका नगर भित्रका अन्य सहकारीमा पनि हालत उस्तै रहेको छ ।
पन्चनगरमा रहेका ३ सहकारीहरु बाट वडा छुट्याइएर मल बितरण गरिएको छ ।  समयमा मल प्राप्त नभए धान उत्पादनमा कमि आउने चिन्तामा किसानहरु रहेका छन् । रोपाईका लागि खेत तयार गर्नुपर्ने किसानको बास सहकारी अगाडि हुने गरेको छ ।
नगरपालिकामा चाहिने ३ हजार बोरा डिएपी मल चाहिन्छ तर हामी संग जम्मा ७ सय २६ बोरा आएको छ बर्दघाट नगरका कृषी शाखाका अधिकृत नवीन ढकालले बताउनु भयो । “युरिया फाल्गुन चैत्रमा पनि आएको थियो त्यसैले त्यति समस्या छैन । तर डिएपी माघमा मात्रै आएको छ । त्यसपछि अहिले मात्रै आयो ” ढकालले भन्नुभयो ।
बर्दघाट नगरपालिकामा बैशाखको  २५ गते  डिएपी ९ सय ४४ बोरा साल्ट ट्रेडिङ्गबाट र जेष्ठको २४ गते कृषि सामाग्री लिमिटेडबाट ७ सय २६ बोरा मात्रै आएको कृषी शाखाले जानाएको छ । संघिय, प्रदेश र स्थानीय तहले नै कृषिलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम र  बजेट ल्याएको बताउने सरकारहरु अहिले किसानलाई मल समेत उपलब्ध गराउन सकेका छैनन् ।