अमेरीकी कांग्रेसवुमन ग्रेस मेङ-न्यूयोर्कबाट प्रतिनिधि-(संघिय सासंद)  जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा  भेटघाट एंव छलफल

प्रकाशित मिति:

न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालयमा आज न्यूयोर्कबाट अमेरीकी हाउस कांग्रेसमा प्रतिनिधि – कांग्रेसवुमन आदरणीय ग्रेस मेंगलाई फाउन्डेशन का अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाई गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा स्वागत गर्नु भयो।

कांग्रेसवुमनले करीब डेढ घण्टाको समय दिनु भएको यस ऐतिहासिक, विशेष भेटघाट एवं समसामयिक विषयहरूमा छलफल एवं ध्यानाकर्षण कार्यक्रम सम्पन्न भयो।यस भेटघाटमा समसामयिक विषयहरू एवं अमेरीकामा भएका आप्रवासीका विविध समस्याहरू तथा सोका समाधानका विषयमा छलफल भएको थियो भने नेपाली समुदायका सदस्यहरुले कांग्रेसवुमन ग्रेस मेंग सॅंग प्रत्यक्ष आ-आफनो अध्यागमनका मुद्दाहरू कसरी प्राथमिकता पाउॅंछ भन्ने प्रश्न गरेका थिए। कतिपय सदस्यहरुको अध्यागमनका मुद्दा ७ बर्ष देखि १५ बर्ष सम्म पनि कुनै सुनुवाई नभएको जिकीर गरे। यसैक्रममा कांग्रेसवुमन मेगंले, तपाईहरुको समस्याका समाधानका लागी म आंफै अध्यागमनका प्रतिनिधिहरू सॅंग प्रत्यक्ष संलग्नता हुदै तपाईहरुको मुद्दालाई छिटो र सजिलो बनाउॅंन कसरत गर्ने छु, भन्नु भयो र तपाईहरुको कुनै पनि कार्यका लागी मेरो कार्यालयमा फ्लसींग या फोरेस्ट हिल्सको कार्यालय समयमा स्वागत छ भन्नु भयो।

वॅंहालाई स्वागत गर्न फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, सुर्य सिंमखडा, फाउन्डेशनका सदस्य बिकास कुवॅंर, पुर्ण तामागं, सुजल सिंमखडा, वरिष्ठ समाजसेवी ईन्द्र तामांग, वरिष्ठ कोरियोग्राफर गोविन्द राई, UKROAकी पुर्व अध्यक्ष एंव समाजसेवी मुना राई, एनआरएनए युएसए न्युयोर्ककी महिला सचिव एंव समाजसेवी गिता अधिकारी, हामी नेपाली ग्लोवल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे, जादूगर एंव हास्य कलाकार महादेव त्रिपाठी, १८औं पटक गिनीज बुक विश्व रेकर्ड होल्डर दिनेश सुनार पार्कर, महिला उद्यमी एंव कलाकार सुष्मिता श्रेष्ठ लगायत ५७ जनाहरुले वहाँसँग र वहाँकै कार्यालयका टोलीहरु सॅंग भेटघाट एंव आ-आफ्ना समस्यावारे समाधान का लागी प्रत्यक्ष कुराकानी गरेका थिए।

 

कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नाो टीमका सदस्यहरूको परीचय गराई वहाँलाई फाउन्डेशनमा स्वागत गर्नुको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो।वहाँले फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधी गर्दै आएको र स्थापनादेखी कोरोनाकहरको डरलाग्दो अवस्थादेखी हालसम्म गर्दै आएका सामाजिक गतिविधिवारे प्रष्ट पार्नुभएको थियो र अध्यक्ष घिमिरेले अमेरिकामा रहेका लाखौं आप्रवासी कानुनत वस्न र काम गर्न योग्य भएता पनी स्थायी वसोवासको अनुमति पाउन अनेकौं सास्ती व्यहोरेको भन्दै कांग्रेसवुमन ग्रेस मेंगलाई ध्यानआकर्षण गराउॅंनु भयो।

परिचयकै क्रममा वरिष्ठ समाजसेवी ईन्द्र तामांगले वर्षौं देखी परीवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक यातना व्यहोरीरहेको हुँदा उनीहरूका समस्याको एक जीम्मेवार सांसदको हैसीयतले यथासक्य शीघ्र कानुनी रूपमा हल गरीदिन वहाँसमक्ष अपीलगर्नु भयो।सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिकाबीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिनहरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको बताउनुभयो।

कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको पर्वाह नगरी आफु यु एस ऐम्बेसी कावुल, अफगानिस्तानमा सुरक्षा अधिकारीको रूपमा तैनाथ हुंदा, मैले धेरैको ज्यान बचाएँ र अमेरिकी सरकार प्रति वफादार भएर गरेको रोचक कार्यहरु सुनाउॅंदै सबैलाई भावुक बनाउॅंनु भएको थियो र वॅंहाले अमेरीकाको कानुन र प्रजातन्त्रात्मक शासन व्यवस्था मानी यही मुलुकमा श्रम पसीना सिंचित गरी वर्षौंदेखी वस्दै आएको र आफ्ना दुखपीडा एक अभिभावकीय नाताले कांग्रेसवुमन आदरणीय ग्रेस मेंगको नेतृत्वले हलगरीदिन आग्रह गर्नुभयो।त्यस्तै अर्का कार्यसमिति सदस्य रेखा श्रेष्ठले आफुले यसै फाउन्डेशन मार्फत विविध सामाजिक कार्यहरूमा यही समाजको सेवामा खटीँदै आएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनी खटीरहने प्रण गर्नुभयो।

व्यक्तिगत एवं सामूहिक समस्याहरूका बारे प्रत्येकले आपसी अन्तर्कृया एवं छलफलगरी माननीय कांग्रेसवुमन आदरणीय ग्रेस मेंग सँग खुलेर छलफल गरीएको सो कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय मेंगले आफु यहाँका जनताद्वारा चुनीएको एक जनप्रतीनीधीको हैसीयतले कुनैपनी पार्टी र व्यक्ति एवं समुदायप्रती निष्पक्ष भै कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागीपरेको प्रष्ट पार्दै सरकार समक्ष यथेष्ट बजेटको मागगरी विशेषगरी जटील बन्दैगईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घच्घच्याईरहेको प्रष्ट पार्नुभयो।वहाँले आफुले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छासमेत जाहेर गर्नुभयो।कांग्रेसवुमन आदरणीय ग्रेस मेंगले अमेरीकामा जीपी फाउन्डेशनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफुले फाउन्डेशनको कार्यालय भ्रमण गर्न पाउॅंदा निकै हर्षित भएको र यती राम्रो कार्यालय रहेछ भन्दै प्रसंसा गर्नु भयो र अब देखी प्रतेक महिनामा एक पटक यसरी नै भलाकुसारी गर्दै प्रत्यक्ष संम्वाद, आवस्यकता अनुसार फाउन्डेशनकै कार्यालयमा आप्रवासीहरुको समस्या समाधान गर्न घुम्ती सिविर संचालन गरी नेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागीपर्ने बचनबद्दता समेत व्यक्त गर्नुभयो।

अन्त्यमा फाउन्डेशन परीवारको तर्फवाट कांग्रेसवुमन आदरणीय ग्रेस मेंग र वॅंहाको ५ सदस्य टोलीलाई फाउण्डेशनको कार्यालय मा उपस्थित भई अमेरिकी संघीय एजेन्सीहरूसँग के कसरी सहयोग लिन सक्ने र सहायताका लागी सेवा उपलब्ध गर्ने बारे बृहत छलफल गर्न पाएकोमा फाउन्डेशन परीवार एंव न्यु-योर्क नेपाली समुदाय निकै उत्साहित हुंदै हामी सबैले वॅंहालाई धन्यवाद एंव आभार प्रकट गर्दछौं।

थप समाचार