ॐ हेर्नुहोस् आजको राशिफल/२०७५ पौष १७ गते, मंगलबार !

प्रकाशित मिति:

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्यमा उन्नतिका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् ।

वृष राशिः मित्र लाभ हुनेछ, धनको क्षेत्र सबल रहनुका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः आर्थिक उन्नति हुनेछ, व्यपारमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै बोलमिा विकार रहने देखिन्छ ।

सिंह राशिः मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः कान्ति वृद्धि हुनेछ, कार्यमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

तुला राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

वृश्चिक राशिः मनमा चपलता रहनेछ, कार्यमा अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मकर राशिः आर्थिक पक्ष सबल रहनेछ, सामजिक कार्यमा मन जानुका साथै यात्राका योग पनि देखिन्छन् ।

कुम्भ राशिः आर्थिक स्थिति सबल रहनेछ, कार्य लाभका साथै धार्मिक कार्यमा मन जानेछ ।

मीन राशिः शत्रु पक्ष सबल रहने भएकाले कार्यमा अस्थिरता आउन सक्छ, स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५