आज सफला एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ पौष १७ गते

१७ पुष २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
2K Shares


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १७ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको सफला एकादशी तिथि विहानका राति ३।३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र दिवा ११।५८ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१८ बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज सफला एकादशीव्रत परेको छ । पौष कृष्ण एकादशीलाई सफलला एकादशी भनिन्छ । आज विष्णु भगवान्को उपासनासँगै एकादशीको व्रत बस्नाले कार्यमा सफलता मिल्ने कुरा एकादशी माहात्म्यमा बताइएको छ । कार्य सफलता प्राप्तिका निम्ति आजको व्रत उत्तम रहने छ । आज अंग्रेजी ईशवीय संवतको नयाँ वर्ष २०१८ पनि हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया