मार्गदर्शन गर्ने सही तरिका के हो ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

नाङ्गुल्या कारयेत् किञ्चिद् दक्षिणेन तु सादरम ।
समस्तेनैव हस्तेन मार्गमप्येवमादिशेत ।। –नीति श्लोक
बाटो सोध्ने पथिकलाई हातका औँलाले मात्र इशारा गर्नु हुँदैन । यसरी इशारा गर्दा दाहिने हात विस्तारै उठाएर आदरभाव र मीठो बोलीले बाटो दर्शाउनुपर्छ ।
यात्रीले बाटो भुली सोधेका खण्डमा कसरी सही दिशा बताउनु पर्छ अर्थात् यात्री जान लागेको बाटो कुन हो भन्ने कुराको अभिव्यक्ति कसरी दिनुपर्छ भन्ने बारेमा पनि विशेष आदेश पाइन्छ । यसरी इशारा गर्दा कहिल्यै पनि औँलाको मात्र प्रयोग गर्नु हँुदैन । साथै देब्रे हातको प्रयोग पनि अशुभ संकेत मानिन्छ । त्यसैले बाटोको दिशा निर्देश गर्दा दाहिने हातले दिशा दर्शाउदै आदर भावका साथ मीठो बोलीको प्रयोग गर्नुपर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्