रुसमा विष्फोट : ४ को मृत्यु, ४० बेपत्ता

प्रकाशित मिति:

पुस १७, काठमाडौं– रुसको माग्नितोगोर्स्क शहरमा रहेको ४८ तले एक भवनमा विष्फोट भएको छ । विष्फोटमा परि कम्तिमा चार जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् । भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको रुसी समाचार च्यानल वेस्तीले जनाएको छ । त्यसमा सात जना बालबालिका छन् । घाइतेहरुलाई अस्पताल पठाइएको छ ।
विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । यो भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । अझै केही व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गर्दै उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने बताएका छन् ।