नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती – प्रदेश प्रमुख शेरचन

प्रकाशित मिति:

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको अनुभव र अनुभुति साटासाट कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीमा B.A.LL.B प्रथम बर्षमा अध्यनरत बिद्यार्थीहरु सँगको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनु भएको छ । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उहाँले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिनुभयो । साथै राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दैै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताउनुभयो ।विगतमा संविधानको अक्षरसः पालना नहँुदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कानून अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता अभिबृद्दिका लागि कलेजले यस प्रक्रारका कार्यक्रमहरु आयोजना गर्ने गरेको एकेडेमीका कानून विभाग इन्चार्ज अधिवत्ता मदन पुन ले बताउनुभयो । कार्यक्रममा कलेजका प्रमुख प्रसासकिय अधिकृत प्रकाश अधिकारी, प्राध्यापकहरु अधिवत्ता अर्जुन सिंह क्षेत्री, अधिवत्ता दामोदर घिमिरे, नवराज पाण्डे लगायतको सहभागिता रहेको थियो । लुम्बिनी इन्टिग्रेटेड एकेडमीले B.Sc. Forestry / B.A.LL.B अध्यापन गराइरहेको छ ।