नगरप्रमुख गुरु प्रसाद भट्टराईको समन्वयमा ललेङ बस्ती संरक्षण समिति र आक्वा बोर्ड विच सहमति पश्चातनहर सञ्चालनमा

प्रकाशित मिति:

असार २१,२२ र २३ गते आएको अविरल बर्षाको कारणले ललेङ क्षेत्रमा बस्ती जोखिममा परेको र आक्वा नहर सञ्चालन गर्न अप्ठ्यारो परेकोले विगत १२ दिनदेखि पानी सञ्चालनमा नरहेको नहरको समस्या समाधान गर्न र बस्ती संरक्षण गर्न गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईको विशेष पहलमा रम्भा गांउपालीका प्रमुख विष्णुप्रसाद भण्डारी,गल्याङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई,वडा नम्बर ११ का वडा अध्यक्ष दल बहादुर सिङ्जाली,रम्भा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इश्वरी काफ्लेको विशेष उपस्थितिमा आक्वाका पुर्व अध्यक्षहरु,आमा संस्थाका अध्यक्ष राजेन्द्रदेव खनाल,समाजसेवी व्यक्तित्वहरु,अगुवा किसानहरु,सुरक्षाकर्मी, पत्रकार लगाएको उपस्थितिमा आधिखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था का अध्यक्ष रुमलाल कंडेल सहित सम्पूर्ण पदाधिकारी र ललेङ बस्ती संरक्षण समितिका संयोजक छवि भट्टराई सहित सम्पुर्ण पदाधिकारीको विच नहर सञ्चालन र ललेङ बस्ती संरक्षणका लागि विभिन्न अल्पकालीन र दिर्घकालीन कार्यहरु गर्ने सहमति भए पश्चात् नहर सञ्चालन भएको छ । नहर सञ्चालन पछि बोल्दै गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले संघिय सरकार,प्रदेश सरकारमा समन्वय गरि ललेङ बस्ती संरक्षण, आक्वा नहर मर्मत,सम्भार र निर्माण गर्न विशेष पहल गर्ने बताउनुभयो । आक्वा बोर्ड,ललेङ बासी एवम जनप्रतिनिधिहरु समेतको उपस्थितिमा नहर र बस्तीको अवलोकन गरि बस्ती र नहर संरक्षणको लागि विभिन्न अल्पकालीन र दिर्घकालीन कार्यहरु गर्ने सहमति पछि नहर सञ्चालन गरिएको छ ।