उबासंघ बर्दघाटद्रारा ब्यवसायीको एक लाखको बिमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन ७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटका व्यवसायीहरुको एक लाख रुपैयाको स्वास्थ्य तथा दुर्घटना बिमा भएको छ । बर्दघाट उद्योग वाणिज्य संघले संघमा आवद्ध व्यवसायीहरुको साउन १ गते देखि लागुहुने गरि विमा गरिएको हो ।

बिभिन्न कारणले विरामी भएमा वा भइपरि आउने घट्ना तथा दुर्घट्नाका कारण संघमा आवद्ध ब्यवसायिहरुलाई उपचारका लागि आर्थिक सहयोग पुर्याउने उद्धेश्यले बिमा गरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । ” व्यवसायीहरुलाई पर्ने समस्यामा सानो भएपनि राहत होस भनेर स्वास्थ्य र दुर्घटना बिमा गरिएको हो ।” न्यौपानेले भन्नुभयो । संघले बर्दघाट नगरको हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा औधोगिक ब्यापार मेला सञ्चालनका गरेको थियो । सोही मेलाबाट केहि रकम जोगाएर ब्यवसायीहरुको बिमा र रु ५ लाख रुपैयाको बिपत्ति व्यवस्थापन कोष स्थापना गरिएको न्यौपानेको भनाइ छ ।

करोडौं रुपैया बर्दघाटमा लगानी गरेका ब्यवसायीहरुलाई केहि समस्या परेमा कसैले सहयोग नगरेको गुनासो गरेका ब्यवसायीलाई बिमा र बिपत्ति कोषले सानो भएपनि सहयोग हुने संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले बताउनु भयो ।

बर्दघाट सञ्चालनमा रहेका व्यवसायहरु संघमा ब्यवसाय दर्ता हुन र दर्ता भएका व्यवसाय नविकरण हुन समेत संघले आग्रह गरेको छ ।