क्षत्री समाजद्रारा शिवलिङ्ग प्रतिष्ठापन र जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन ७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा क्षत्री समाजद्रारा राम मन्दिरमा शिवलिङ्गको प्राण प्रतिष्ठापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १३ को लेवडामा रहेको राम मन्दिरमा शिवलिङ्गको प्रतिष्ठापन गरिएको हो ।

क्षत्री समाज जिल्ला कार्यसमिति नवलपरासी र बर्दघाट नगर कार्यसमितिको आयोजनामा समाजका उपाध्यक्ष लाल बहादुर अधिकारीले शिवलिङ्गको अनावरण गर्नु भएको छ । शिवलिङ्गको अनावरण गर्दै अधिकारीले राष्ट्रिय एकताले जातिय सदभाव कायम गर्ने बताउनु भयो । क्षत्री एकता आजको आवश्यकता रहेको बताउदै उहाले हरेक जातजातिको एकताले धार्मिक र जातिय सहिशुणता कायम हुने बताउनु भयो ।” धार्मिक सहिशुणताले देशमा शान्ति र अमनचयन कायम हुने र राष्ट्रको बिकास हुने अधिकारीको भनाइ छ ।

क्षत्री समाजद्रारा राम जानकी मन्दिरमा शिवलिङ्गको प्राण प्रतिष्ठापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १३ को लेवडामा रहेको राम मन्दिरमा शिवलिङ्गको प्रतिष्ठापन गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाकि निबर्तमान उपप्रमुख मायादेबि पौडेलले धार्मिक आस्थालाई ब्यक्ति र समाजलाई अनुशासनमा राख्न सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक र एकल महिला गरि २० जनालाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा क्षत्री समाजका केन्द्रिय सदस्य मान बहादुर थापा, बर्दघाट १३ का वडा अध्यक्ष नर बहादुर चौधरी लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन यम बहादुर खत्रीले गर्नु भएको थियो ।