प्याब्सन नवलपरासीद्रारा उत्कृष्ट विद्यार्थी, विद्यालयलाई सम्मान

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन १८ गते

पश्चिम नवलपरासीमा प्याब्सनले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । २०८० सालको एस.इ.इ परीक्षामा निजि तथा आवासीय विद्यालय तर्फ ३ दशमलब ६१ जिपिए भन्दा माथि ए प्लस ल्याउने १ सय ४० जना विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाइ सम्मान गरीएको हो ।

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले निजिको अनुभव सामुदायिक विद्यालयहरुले सुक्नु पर्ने बताउनु भयो । निजि विद्यालयको शैक्षिक नतिजा र व्यवस्थापनको पक्ष राम्रो रहेको बताउदै मन्त्री सारुले विद्यालय विद्यालय बीच अनुभव आदानप्रदान गर्दा देश शैक्षिक नतिजामा राम्रो हुने धारणा राख्नु भएको छ ।

प्याब्सन नवलपरासीद्धारा आयोजीत २०८० सालको एसईई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सारुले देशको शिक्षामा निजि विद्यालयको योगदान राम्रो रहेको बताउदै उहाले सरकारले सामुदायिक र निजि दुबै शैक्षिक सस्थालाइ हेर्ने नजर एक रहेको बताउनु भयो । अबको शिक्षा गुणस्तरीय सिप युक्त शिक्षा हुनु पर्नेमा उहाले जोड दिनु भयोको थियो । सामुदायिक विद्यालयहरुमा भौतीक पूर्वाधारहरुमा लगानी भएको तर गुणस्तरीय सिपयुक्त शिक्षा नभएको बताउदै संस्थागत विद्यालयहरुले दुवैपक्षलाई पुरा गरेको मन्त्री सारुले बताउनु भएको छ ।

दक्ष जनशक्ती उत्पादनमा संस्थागत विद्यालयहरु अघि रहेको मन्त्री सारुको भनाई रहेको थियो । संस्थागत विद्यालयको सिप ,क्षमता,नेतृत्व र ब्यवस्थापन पक्षलाई सामुदायिक विद्यालयहरुमा हस्तान्त्रण गर्नु पर्ने आजको अवस्था रहेको मन्त्री सारुले बताउनु भएको थियो । बिद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्नु अहिले आवश्यता रहेकोमा मन्त्री सारुले जोड दिनु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रिय सचिव सुर्वण न्यौपानेले राज्यले सबैका लागि निःशुल्क शिक्षा दिनु पर्नेमा राज्यले गर्न नसकेको काम अभिभावकहरुले आफ्ना नानी बाबुहरुलाई आफ्नो पसिनाको रकम तिरेर संस्थागत विद्यालयहरुमा पढाएर राज्यको अरर्वाै रकम बचाइदिएको धारणा राख्नु भएको थियो ।

त्यस्तै प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष ईन्द्रबहादुर गुरुङले संस्थागत विद्यालयहरुले कक्षा ११ र १२ को पठनपाठन विहानमा गर्न नपाए अदालत गुहार्ने चेतावनी दिनु भएको थियो । उहाँले शैक्षिक नागरीकहरु विदेशीने क्रम बढीरहेका बेला केहि ब्यक्तिहरु रोकेको अवस्थामा पालिकाहरुले दिउसोमा सञ्चालन गर्न बाध्य बनाएका कारण संस्थागत विधालयहरु अब अदालत जानु बाहेकको कुनै विकल्प नरहेको धारणा राख्नु भएको थियो ।

सम्मान कार्यक्रममा प्याब्सनका पुर्व केन्द्रिय सदस्य धिरज शर्मा बस्यालले सामुदायिक विद्यालयहरु राम्रो भए निजी विद्यालय नफस्टाउने उल्लेख गर्दै निजि क्षेत्रको आफ्नो कडा मेहनत निजि शैक्षिक सस्थाको गुणस्तर राम्रो रहेको बताउनु भयो । कार्यक्रममा
प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष सुमन गोपाल आर्चाय, राम प्रसाद पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु लगायतले सम्मानित विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यनका लागी शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्याब्सन नवलपरासीका ७ जना पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता उपाध्यक्ष डम्बर बहादुर गुरुङ्गको स्वागत मन्तव्य र सचिव यज्ञ प्रसाद न्यौपानेको सञ्चालन गर्नु भएको थियो ।

थप समाचार