नवलपरासीमा ट्राफिक प्रहरीले १ करोड ७८ लाख ६२ हजार राजश्व संकलन

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
साउन १८ गते
नवलपरासी । पश्चिम नवलपरासीमा ट्राफिक प्रहरीले एक करोड ७८ लाख ६२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले सवारी साधन कर्वाही गरी २०८० साउन देखी २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीले २०८० साउन देखी २०८१ असारसम्म २४ हजार चार २० वटा सवारी सधानलाई कर्वाही गरी उक्त राजश्व उठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख राजु खत्रीले जानकारी दिनु भयो । गत बर्ष २०७९।८० चैत्रसम्म एक करोड ६८ लाख ८२ हजार पाँच सय रहेकोमा यसबर्ष २०८० साउन देखी २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाईएको प्रमुख खत्रीले बताए । उनको अनुसार यसरी हेर्दा यस आ.बमा गत बर्ष २०७९।८०को तुलनामा यस बर्ष आ.ब.मा ५ दशमलव ८० प्रतिशत दर राजश्वमा बृद्धि भएको छ ।

जिल्लामा २०८० साउन देखी २०८१ असारसम्म मा प.से ८४ वटा सवारीसाधन कर्वाही परेको र कर्वाहीबाट ८४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा २०८० साउनदेखी २०८१ असारसम्म ९० वटा सवारीसधान दुर्घटना भएको र दुर्घटनाबाट ३० जनाको मुत्यु तथा एक सय ३७ जना घाईते भएका छ्न ।