प्रजिअ नेपाल र पत्रकारहरुबीच अन्तरक्रिया

प्रकाशित मिति:

स्याङ्जा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र जिल्लामा क्रियाशील पत्रकारहरुबीच अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयद्वारा हालसम्म भएका कार्य प्रगतिकाबारेमा पत्रकारहरुलाई जानकारी दिईएको थियो ।कार्यक्रममा प्रजिअ नेपालले प्रशासन कार्यालयले दिने सेवा सुविधा तथा पछिल्लो समयमा सार्वजनिक जग्गा संरक्षणका विषयमा जानकारी गराएकी थिइन् । सार्वजनिक जग्गाको संरक्षणलाई प्रशासनले उपलब्धीमुलक कार्यका रुपमा लिएको प्रजिअ नेपालले दावी गरिन् । पत्रकारहरु सगँ कुरा गर्दै प्रजिअ नेपालले पब्लिकले दुःख पाउन हुदैन भन्ने उदेश्य राखेर सेवा प्रवाहमा ध्यान दिदै आएको बताइन् ।

बजार अनुगमन, प्राकृतिक विपदको तत्काल उद्धार र राहतको व्यवस्थापन, सडक अनुगमन लगायत दैनिक प्रशासनले गर्दै आएको सेवाप्रवाहमा प्रशासनले कुनै कसुर बाँकी नराखेर काम गरेको जानकारी दिइन् । हामी अनलाईनबाटै नागरिकता दिने अन्तिम तयारीमा छौं प्रजिअ नेपालले भनिन्,‘पालिकाहरुको वडातहमा तयारी नपुग्दा अलि ढिला भएको छ ।’ सबै पालिकाले वडातहबाट अनलाईन मार्फत नागरिकता माग फारम पठाएमा प्रशासन नागरिकता दिन तयारी अवस्थामा छ उनले भनिन् । अब नागरिकलाई प्रविधिमा जोडेर सेवा प्रवाह गर्नुपर्ने सुझाव प्रजिअको छ । यसमा स्थानीयतहले चासो दिनु आवश्यक रहेको उनले बताइन् । सेवा प्रवाहमा प्रक्रियागत पुगेको काममा ढिलाई भएमा प्रशासनमा जानकारी गराउन समेत प्रजिअ नेपालले पत्रकारहरुलाई आग्रह गरिन् ।

प्रशासनले बेला÷बेलामा स्थानीयतहका प्रमुख र प्रशासकीयहरु सगँ अन्तरक्रिया गर्ने, उद्योगी व्यवसायी, यातायात व्यवसायी, औषधी व्यवसायी लगायत नागरिकसगँ जोडिएका सरोकारवाला निकायहरु सगँ अन्तरक्रिया गरी नागरिकको सेवा सुविधामा ध्यानाकर्षण गराएको सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । असार २१ र २२ गते आएको अविरल बर्षाद्का कारण आएको बाढी पहिरोले जिल्लाभर पु¥याएको क्षतीको विवरण संकलन गर्ने कार्य जारी रहेको र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रशासनले तत्काल राहत उपलब्ध गराएको जानकारी पौडेलले दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष प्रकाश डोटेल लगायतले आगामी दिनमा पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिंदै नागरिकलाई थप सुसूचित बनाउने सन्दर्भमा छलफल भएको थियो ।