सुजन र विजयको ‘सम्झिराखन’ गीत सार्वजनिक

प्रकाशित मिति:

लण्डन । लण्डन निवासी गायकद्धय सुजन पराजुली र विजय घिमिरेको ‘सम्झिराखन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।म्यूजिक भिडियो ‘भिजे म्यूजिक’ युट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो । म्यूजिक भिडियोले मनोरञ्जनसँगै बढ्दै गएको आत्महत्यालाई निरुत्साहित गर्न चेतनामूलक र सन्देशमूलक सामाग्री पस्केको छ ।भर्खरै बजारमा आएको उक्त म्यूजिक भिडियो अहिले चर्चामा रहेको छ । गीतमा गायकद्धयको स्वर सजिएको छ भने संगीत संयोजन स्वयं गायक घिमिरेले गरेका छन् ।

चर्चित निर्देशक सुयोग गुरुङको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोलाई विप स्टुडियोले व्यवस्थापन गरेको छ। म्यूजिक भिडियोलाई किरन थापा र अभी वाग्लेले कोरियोग्राफी गरेका छन्।गाएकद्वयले यमराज र चित्रगुप्ताको अभिनय मार्फत सानातिना समस्या आइपर्दैमा आत्महत्या जस्तो गलत निर्णय नलिन र त्यसबाट परिवार र समाजमा पर्न सक्ने असरका बारेमा चित्रण गर्ने प्रयास गरेका छन् । म्यूजिक भिडियोमा मानसिक स्वास्थका कारण मानिसले आत्महत्या जस्तो दुष्प्रयास गर्ने गरेको दृष्यलाई मुलतः फरक ढङ्गवाट प्रस्तुत गरिएको छ ।