अमेरिकी राजदुत र प्रचण्डको भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट गरेकी छन् । आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले प्रचण्डसँग बिदाई भेट गरेकी हुन् ।

प्रचण्डले राजदूत टेप्लिजलाई उनको कार्यकाल सफल भएको र नेपालको विकास र प्रगतिमा राजदुतले खेलेको भूमिका सकारात्मक रहेको बताएका थिए । उनले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताएका थिए।
नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास रहेको प्रचण्डले भनाइ थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरेकी थिइन् । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको बताएकी थिइन् ।