शिक्षिका पौडेलको परिवारलाई सहयोग

प्रकाशित मिति:

तिलोत्तमा, २३ साउन । रुपन्देहीको मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयकी शिक्षिका सिर्जना पौडेलको परिवारलाई आर्थिक सहयोग गरिएको छ । साउन १७ गते सुत्केरी अवस्थामा उहाँको ३५ बर्षको उमेरमा मृत्यु भएकोले उहाँको परिवारलाई राहत पु¥याउने उद्धेश्यले सहयोग गरिएको हो ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबाट उठेको २ लाख ३५ हजार ४ सय ४० रुपैया तथा विद्यार्थीहरुबाट संकलित १ लाख ३३ हजार गरी कुल ३ लाख ६८ हजार ४ सय ४० रुपैया सहयोग प्रदान गरिएको छ । सिर्जना पौडेलका दुई छोरीको नाममा बैंकमा खाता खोली राख्ने गरी रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो । त्यस्तै विद्यालयको शिक्षक कर्मचारी कल्याण कोषबाट रु. ५० हजार किरिया खर्चका लागि मृतक पौडेलका श्रीमान् युवराज बेल्वासेलाई विद्यालयका प्रधानाध्यापक लामिछानेले हस्तान्रण गर्नुभयो । यस्तै विद्यालय वयवस्थापन समितिले उहाँका दुबै छोरीहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ ।
यसैबिच, आदर्श बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सृजना पौडेलको परिवारलाई किरिया खर्च बापन १५ हजार रुपैया प्रदान गरेको छ । मृतकका परिवारलाई सहयोग पुगोस् भनेर सहकारीको नियामनुसार रकम प्रदान गरिएको सचिव कैलाश गौतमले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा विद्यालय  व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक कर्मचारी लगायतकाे सहभागिता थियाे ।