शान्ति नमुनामा राष्ट्रिय सेवा दलको लागि अभिमुखिकरण

प्रकाशित मिति:

तिलोत्तमा, २४ साउन । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल सिनियर डिभिजनको अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा तारादल गण रामनगर, रुपन्देहीका समन्वय अधिकृत सेनानी कान्छा शाहीले तालिमको सन्दर्भमा सहजिकरण गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षता तथा सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा तालिमको प्रकृति, अवधि र पालना गर्नुपर्ने नियमहरुका सन्दर्भमा विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाइ जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका कक्षा ११–१२ संयोजक राजेन्द्र के.सी.ले स्वागत गर्नुभएको थियो ।
साउन २६ गतेदेखि ७९ दिनसम्मा विद्यालयमा तालिम सञ्चालन गरिने भएको छ भने तत्पश्चात २१ दिन नेपाली सेनाको ब्यारेकमा तालिममा सहभागी गराइनेछ । १ सय १५ जना विद्यार्थीहरु प्रारम्भिक छनौट चरणमा सहभागी भएकोमा ५५ जना अघिल्लो चरणका लागि छनौटमा परेका छन् । ती मध्ये ३६ जना अन्तिम चरणका लागि छनौट भएर तालिममा सहभागी हुनेछन् ।
तालिम अवधिभर जमदार प्रेम बञ्जाराले प्रमुख प्रशिक्षण दिनुहुनेछ भने इश्वर उपाध्याय र सन्तोष रेग्मीले विद्यालयमा रहेर सहजिकरण गर्नुहुनेछ । त्यस्तै विद्यालयमा एनसिसि समन्वय शिक्षकको रुपमा रञ्जित भण्डारी रहनुभएको छ ।
शान्ति नमुनामा यसअघि जुनियर डिभिजन समूह क्रियाशिल रहेकोमा उक्त समूहले दुईपटक वेष्ट प्लाटुनको उपाधि प्राप्त गरेको थियो । सिनियर डिभिजनको भने यो पहिलो समूह हो ।

ततततततत