प्रकाश न्यौपाने- असार २७ गते-नवलपरासी । बुटवल नारायणगढ सडक बिस्तारमा ढिलाइ भएको भन्दै बर्दघाटका व्यवसायीहरुले बर्दघाटमा १५ मिनेट चक्का जाम गरेका छन । कछुवा गतिमा सडक बिस्तारका भएको, बजार क्षेत्र खाल्डाखुल्डी र हिल्लाम्य भएको भन्दै बर्दघाटका ब्यवसायीहरु बिरोधमा उत्रिएका छ्न । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट मुख्य बजार क्षेत्रमा ब्यवसायिहरुले बिहान १०।३० देखी १०।४५ सम्म १५ मिनेट मुख्य राजमार्ग अवरुद्ध गरेका हुन । बर्दघाट बजार बिकास समितिको अगुवाईमा ब्यवसायिहरु बिरोध कार्यक्रममा उत्रिएका थिए ।
बर्दघाट बजार क्षेत्रका खाल्डा खुल्डी र हिलाम्य सडकका कारण दुर्घटनाको जोखिम बढेको, मुख्य बजार क्षेत्रमै कामले गति नलिदा सडककै दुरावस्थाका कारण आर्थिक मन्दिको अवस्थामा ब्यवसायमा असर पुगेकोले व्यवसायीहरु आन्दोलनमा उत्रनु परेको बर्दघाट बजार बिकास समितिका अध्यक्ष गोबिन्द पाध्याले बताउनु भयो । निर्माण कम्पनी र स्थानीय सरकारको पटकपटक ध्यानाकर्षण गराउदा समेत कसैले चासो नदेखाउने । पाध्याले भन्नुभयो । ब्यवसायिहरुले तिरेको करले राज्यको सेवा लिने तर व्यवसायीको मर्का कोहि कसैले नबुझेको पाध्याको भनाई छ ।
स्थानिय सरकारले सम्बन्धित ठेकेदार कम्पनीलाई बजार क्षेत्रको सडक द्रुत गतिमा निर्माण गर्न दवाब दिइनुपर्ने,खाल्डाखुल्डी पुर्न यथाशीघ्र पहल गर्नु पर्ने स्थानीय ब्यवसायिहरुको माग छ । नागरिक स्तरबाट विभिन्न दवावमुलक कार्यक्रम गर्दै आईएपनी बर्षायाममा बर्दघाट मुख्य बजार क्षेत्र देखि चिसापानी सम्मको सडक हिल्लाम्य हुँदा दिनहुँजसो दुर्घटना हुने गरेको छ । पानी पर्दा हिलो र खाल्डाखुल्डीले चिसापानी सम्मको करिब १ किलोमीटर सडकको यात्रा निकै जोखिमपुर्ण रहेको छ । विभिन्न माध्ययमबाट पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले आलटाल गर्दै आईरहेको छ भने नदिजन्य पदार्थको अभाव देखाउदै आएको छ ।