सुस्तामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मान

प्रकाशित मिति:

प्रकाश न्यौपाने

साउन २९ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ । सुस्ता गाउपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागी सामुदायिक विद्यालयमा पढेर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरिने निति लिइएको अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भयो ।

राष्ट्रिय माध्यमिक विद्यालय सुस्ता १ छिवनीबाट कक्षा १२ को उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै उहाले पालिकाले उत्कृष्ट नतिजामा फोकस गरेको बताउनु भयो । ” सामुदायिक विद्यालय सुधारका लागी हामीले सुस्तामा धेरै काम गरेका छौं । अब कक्षा उत्कृष्ट नतिजा दिने विद्यार्थि, शिक्षक र विद्यालयलाई सम्मान गर्ने नीति लिइएको छ ।” अध्यक्ष उपाध्यायले भन्नुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुस्ता गाउपालिकामा उत्कृष्ट नतिजा ल्याएको बताउदै प्राध्यानाध्यापक अर्जुन प्रसाद पाण्डेले विद्यालयले कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सतप्रतिसत विद्यार्थी उत्तीर्णका गराउन सफल शिक्षकलाई सम्मान गरीने बताउनु भयो ।

सम्मानित कार्याक्रममा बोल्ने सुस्ता १ का अध्यक्षका असोक कुमार चौधरी, पुर्ब प्रअ मोती प्रसाद चौधरी, पुर्व अध्यक्ष नेतिराम चौधरी, अभिभावक संघका अध्यक्ष बाबुराम सुबेदी लगायतले बोल्दै विद्यालयमा उपयुक्त शैक्षिक वातावरण बन्दै गएको बताउदै विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकसङ्गको समन्वय राम्रो रहेको परिणाम उत्कृष्ट नतिजा रहेको बताउनु भयो ।

कार्यक्रममा करिब उत्कृष्ट नतिजा ल्याउने २० जना विद्यार्थी र सतप्रतिसत उत्तिर्ण गराउन सफल शिक्षकलाई सम्मान गरिएको छ ।